एमालेका दुई मेयर उम्मेदवार ! दुवै अधिकारिक

प्रकाशित समय 1:46 AM
रौतहट २१ भदौ–  रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ ।




एमाले नेताहरु उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा टिकट लगेका छन् ।

रेग्मीले पाएको टिकट पार्टीको लेटरप्याडमा छ भने दाहालको टिकट निर्वाचन आयोगको उम्मेदवार मनोनयन फारममा मण्डलको हस्ताक्षर छ । बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामै यस्तो अन्यौल भएको भन्दै कार्यकर्ता आक्रोशित भएका छन् ।

टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी केपी ओली पक्षका हुन् । चन्द्रपुर एमालेको प्रभावक्षेत्र मानिन्छ । तर उम्मेदवारीमै यस्तो गाइजात्रा भएपछि कार्यकर्तामा निराशा छाएको एक एमाले नेताले बताए ।

जिल्ला अध्यक्ष कमल राय यादवले भने बाबुराम दाहाल नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »