Powered by Blogger.
१३ औं विशाल कुमार स्मृति दिवस

नेकपा एमालेले सहिदहरुलाई वर्गिकरण गरेर अपमान गर्यो  ः गजुरेल

सिन्धुली,२१ भदौ – जनयुद्धका शहिद शेरमान कुवँर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को १३ औं स्मृति दिवसमा  नेकपा माओवादी केन्द्र सिन्धुलीले मंगलवार सिन्धुलीमाढीमा एक औपचारी कार्यक्रम गरेर मनाएको छ ।


कार्यक्रममा बोल्दै नेकपा माओावदी केन्द्रका सचिवालय सदस्य हरिबोल गजुरेलले स्थानीय तहको निर्वाचनमा जे जस्तो परिणाम आए पनि अब हुने पर्देश र संघको निर्वाचनमा परिणम उल्टीने दावि गरे । 

‘माओवादी विभाजित भएका कारण जनताले एक ठाउमा आउन पाठ सिकाएको र अब माओवादी एक ढिक्का भएर प्रदेश र संघको निर्वाचनमा भाग लिन्छ र पहिलो पार्टी भएर देशलाई अग्रगामी दिशामा गघि वढाउछ, माओवादी विना अन्य शक्तिले यो देशको विकास र सनकाश संम्भव छैन’ केन्द्रिय सचिवलय सदस्य गजुरेले भने । 

गजुरेलले नेकपा एमालेले कमलामाई नगरपालिका वडा नं. ८ मा स्थापना भएको शहिद पार्कमा शहिद दलबहादुर रजन मगर र दुर्गा सुवेदीको शालिक भत्काएर सहिद प्रति गरेको अपमानको कडा रुपमा भत्र्सना गरे । 

भिमानमा निर्माणधिन ऋषिराज देवकोटा आजात स्मृति पार्कमा रहेको पुरानो सालिक मगर र सुवेदीको सालिक भत्काएको भन्दै सहिदहरुलाई वर्गिकरण गरेर अपमान गरेको भन्दै नेकपा एमालेलाई त्यस्तै कार्य नगर्न आग्रह गरेका हुन् । उनले भने ‘नेकपा एमालेका अध्यक्ष प्रदिप कटुवाललाई भनेको छु, पञ्चायतकालिन आन्दोलनका सहयोद्धा आजातको सालिक सँगै रहेको सुवेदी र मगरको सालिक भाचिएको छ, त्यसलाई तत्काल सच्याईयोस्, सहिदलाई वर्गीकरण गरेर अपमान नगरियोस् ।’  

नेकपा माओवादी केन्द्र सिन्धुलीका सहइन्चार्ज बसन्त माझीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । विशाल जनयुद्धका क्रममा नेकपा माओवादीको २०६० मा केन्द्रिय सदस्य वनेका थिए भने कुमार २०६० सालमा नै बैकल्पीक केन्द्रिय सदस्य वनेका थिए । २०६१ सालमा केन्द्रिय समितिको बैठक सकेर फर्किने क्रममा विशाल र कुमारको तत्कालिन शाहि नेपाली सेनाले २०६१ भाद्र २० गते हत्या गरेका थिए ।

0 comments

Write Down Your Responses

second_add