Powered by Blogger.
३ प्रतिशत थ्रेसहोल्ड सहितको कानुन पारित, कुन-कुन दललाई तनाव ?


काठमाडौँ, २० भदौ- प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको कानुन संसद्बाट पारित भएको छ । अब राष्ट्रिय दल बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने छ । त्यस्तै, प्रदेश सभा निर्वाचनमा कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउनुपर्नेछ । यसभन्दा कम मत प्राप्त गर्ने दलले पाएको मत कुल मतमा गणना नहुने व्यवस्था रहेको छ ।


नयाँ व्यवस्थाअनुसार राष्ट्रिय दल बन्न अयोग्य अहिले संसदमा रहेका दल

राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, सद्भावना पार्टी, नेकपा संयुक्त, रामसपा, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, फोरम गणतान्त्रिक, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी, नेपाल सद्भावना पार्टी, मधेस समता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, समाजवादी जनता पार्टी, बहुजन शक्ति पार्टी, दलित जनजाति पार्टी

प्रत्यक्षमा एक–दुई सिट जितेर पनि तीन प्रतिशत मत नपाएका दलहरू

राप्रपा, तमलोपा, नेमकिपा र तमसपा 

आजको नयाँ पत्रिकामा खवर छ । 

0 comments

Write Down Your Responses

second_add