Powered by Blogger.
सिन्धुलीका प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवार

सबै पार्टीभित्र आकांक्षी उम्मेदवारहरुको नामका बारेमा चर्चा शुरु

सिन्धुली,२० भदौ – सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै सिन्धुली जिल्लामा सबै पार्टीभित्र आकांक्षी उम्मेदवारहरुको नामका बारेमा चर्चा शुरु भएको छ । 


निर्वाचन क्षेत्र निर्धारण आयोगले जिल्लालाई प्रतिनिधी सभामा २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र निर्धारण गरेपछि कुन पार्टीबाट कसलाइ प्रतिनिधिसभा र कसलाई प्रदेश सभामा उठाउने भन्ने आन्तरिक अनौपचारिक तयारी पनि दलहरुले थालेका छन् ।

गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा पहिलो दल बनेको नेकपा एमालेबाट प्रतिनिधिसभामा क्षेत्र नं १ वाट गणेश पहाडी नै दोहोरिने बलियो सम्भावना रहेको बुझिएको छ । सो क्षेत्रबाट एमाले जिल्ला अध्यक्ष प्रदीप कटवालले पनि उठ्ने आकांक्षा राखेका छन् । यो क्षेत्रमा काँग्रेसबाट जिल्ला अध्यक्ष उज्वल वराल उठ्ने निश्चितजस्तै भएको बताइन्छ । यो क्षेत्रमा काँग्रेसबाट प्रेमचन्द्र दाहालले पनि रुची राखेका छन् । तर, बराल आफू उठ्नकै लागि क्षेत्र निर्धारण गर्दा आफ्नो घर भएको कमलामाईको वडा नं १३, १४ र ९ अर्थात साविकका रानीबास र भीमानलाइ यो क्षेत्रमा गाभ्न लगाएको बताइन्छ । कमलामाई नगरपालिकाका वडा फुटाएर क्षेत्रमा दुधौलीतिर गाभेपछि स्थानीयहरु बरालसँग रुष्ट भएको बताइन्छ । 

त्यस्तै माओवादीकेन्द्रबाट विषमलाल अधिकारी दनुवारको चर्चा छ । उनी ०७० को चुनावमा एमाले छाडेर माओवादीमा गएका थिए । 

क्षेत्र नं २ मा एमालेबाट केन्द्रिय सदस्य कमलजंग राई, गोविन्दलाल माझी, सुर्य पाख्रिनलगायतको चर्चा छ । काँग्रेसबाट भने माणिक ढकाल, दिपक घिमिरेलगायतको चर्चा छ । माओवादी केन्द्रले भने हरिबोल गजुरेललाइ नै उठाउने बुझिएको छ ।

प्रदेश तर्फ क्षेत्र नं १ मा एमालेबाट लक्ष्मण कार्कीलाइ उठाउने करिब निश्चितजस्तै भएको बताइन्छ । सो क्षेत्रमा कुमार बहादुर कार्की (रामकुमार)  पनि एमालेका अर्का बलिया आकांक्षी हुन् । यो क्षेत्रमा एमालेबाट मीना कार्की र हेमबहादुर लामाले पनि आकांक्षा राखेको बुझिएको छ । लक्ष्मणलाई क्षेत्र नं १ मा उठाएर रामकुमारलाइ क्षेत्र नं २ मा लैजाने सम्भावना बलियो रहेको बताइन्छ । 

काँग्रेसले प्रदेश क्षेत्र नं १ मा बिनोद गुरुङ, प्रेमचन्द्र दाहाल र गंगाप्रसाद गिरीमध्ये एकजना उठाउने बुझिएको छ ।  माओवादी केन्द्रबाट भने डम्बर कार्की र दिनेश अधिकारीको चर्चा छ ।

 क्षेत्र नं २ मा एमालेबाट रामकुमार कार्कीबाहेक जिल्ला उपाध्यक्ष प्रल्हाद पोखरेल र सिन्धुली–काठमाडौ सम्पर्क मञ्त्रका पुर्व अध्यक्ष चक्रबहादुर श्रेष्ठले पनि उठ्ने आकांक्षा राखेका छन् । यो क्षेत्रमा काँग्रेसबाट केन्द्रिय सदस्य श्याम घिमिरे उठ्ने निश्चित जस्तै भएको बताइन्छ । सुशिल कोइराला सभापति हुँदा काँग्रेसको मनोनित केन्द्रिय सदस्य पड्काएका घिमिरे शुसिलको निधन नहुँदै उनलाई छाडेर शेरबहादुर देउवाको क्याम्पमा पुगेका थिए । देउवा सभापति भएपछि उनले पनि घिमिरेलाइ केन्द्रिय सदस्यमा मनोनित गरेका थिए । चाकडी चाप्लुसीमा माहिर घिमिरेले गत संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ मा आफ्नै पार्टीका उम्मेदवार चिरिञ्जीवि हमाललाइ हराउन भुमिका खेलेको आरोप लागेको छ । महोत्तरीमा टिक्न नसकेपछि उनी सिन्धुलीलाइ आफ्नो राजनीतिक आधार बनाउने दौडमा लागेका  छन् । 

माओवादी केन्द्रले पुकार न्यौपाने (ज्वाला) लाई उठाउने बुझिएको छ । न्यौपाने गत स्थानीय तह निर्वाचनमा गोलन्जोर गाऊपालिका प्रमुखमा पराजित भएका थिए ।  माओवादीको अरु कुनै आकांक्षी नै नभएपछि न्यौपानेलाइ पुन उम्मेदवार बनाउन लागिएको हो । 

क्षेत्र नं ३ मा एमालेले केशबप्रसाद देवकोटालाई उठाउने बुझिएको छ । पुर्व केन्द्रिय सदस्य समेत रहेका  देवकोटा अहिले पार्टीको केन्द्रिय सल्लाहकार सदस्य छन् । यहाँबाट काँग्रेसले प्रतिनिधीसभाकै आकांक्षी माणिक ढकाल, दिपक घिमिरे,कुमार ढकाल मध्ये एकलाइ उठाउने सम्भावना बलियो रहेको बताइन्छ ।

 माओवादी केन्द्रबाट भने लडाकुको छवी बनाएका राजन दाहाल उठ्ने बुझिएको छ । माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाललाई सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा उठाएर गजुरेल प्रदेशको क्षेत्र नं ४ मा उठ्ने चर्चा पनि व्याप्त छ । 

क्षेत्र नं ४ मा एमालेबाट रामकृष्ण श्रेष्ठ, हिरा लामालगायतको चर्चा छ । काँग्रेसबाट खड्ग वाईवा,  नरेन्द्रजंग थापा, र माओवादी केन्द्रवाट बसन्तलाल माझी र रामकुमार पौडेलको चर्चा छ । 

0 comments

Write Down Your Responses

second_add