Powered by Blogger.
निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता उल्लंघन गर्‍यो


काठमाडौं,२० भदौ  – निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता उल्लंघन गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरि लागू गरेको निर्वाचन आचारसंहिता विपरित पाँच दिनमा दुई जना सचिवको सरुवा भएको छ । 


आयोगका सचिव शंकर अधिकारीको तीन दिनमै सरुवा भएको हो । त्यसअघिका सचिव महेश्वर न्यौपानेको ठाउँमा अधिकारीलाई आयोगमा सरुवा गरिएको थियो । आपुर्ति मन्त्रालयबाट लगिएका सचिव अधिकारीको ठाउँमा आयोगमा निर्वाचन क्षेत्र निर्धारण आयोगमा रहेका सचिव वेगेन्द्र शर्मा पौडेललाई लगिएको हो । 

त्यसअघि अधिकारीको सरुवा पनि आचार संहिता लागू भइकन गरिएको थियो । गएका जेठ ८ गते सचिव गोपिनाथ मैनालीलाई सरुवा गरि आयोगकै सहसचिव दिपक सुवेदीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । 

त्यसपछि सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कायममुकायम सचिवका रुपमा आयोगमा सरुवा गरिएको थियो । केही दिन पछि सचिवमा बढुवा भएका न्यौपानेलाई पनि त्यसको केही दिनमै हटाएर शंकर अधिकारीको सरुवा गरिएको थियो । 

0 comments

Write Down Your Responses

second_add