कमलामाई नगरप्रमुखको सय दिनको कार्य प्रगति समिक्षा

प्रकाशित समय 4:58 PM
अपेक्षाकृत कार्य गर्न गर्न नसकेको जनताको आरोप, १६ ओटा मुख्य प्रगती भएको दावी

सिन्धुली,२० भदौ – स्थानीय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ बट निर्वाचित कमलामाई नगरपालिकाको नगरप्रमुख तथा उप्रमुखले सफत लिएको १ सय ९ औं दिन कार्यप्रगतिको समिक्षा भएको छ ।

सोमवार आयोजित एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा  कमलामाई नगरपालिकाको नगरप्रमुख खड्गबहादुर खत्रील स्थानीय तहको जनप्रतिनिधिले भए पछि १६ ओटा महत्वपूर्ण उपलब्धी भएकोे दावी गरेका छन । 


नगर सफा, सुन्दर राख्ने अभियान स्वरुप नगरपालिकाको मुख्य बजारक्षेत्रका नालाहरुको सफा गर्ने कार्य भएको, वि.पि. राजमार्गलाई सुन्दरता दिनको लागी कमलामाई नगरपालिका वडा नं. २ चियाबारी देखि ढुङ्ग्रेभञ्ज्याङ्सम्मको वि.पि. राजमार्गको दायाँबायाँ फुलबारी बनाउन बिरुवा रोपिएको साथै सो को संरक्षणको लागी दुई जना हेरालु राखिएको छ भने वडा नं. ७ को सैनिक एरियामा सडकको दायाँ बायाँ अशोकको बिरुवा रोप्ने कार्यलाई मुख्य उपलब्धि नगरप्रमुख खत्रीले मानेको छन । 

कमलामाई नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणा गरिएको, निर्वाचित प्रतिनिधीहरुको लागी आचारसंहिता स्वीकृत गरी लागू गरिएको, ऐतिहासिक विजय किल्ला सिन्धुलीगढीको संरक्षण र सम्बर्धनको लागी रु. २ करोड वजेट विनियोजन गरी कार्य प्रारम्भ गरी घेराबेराको लागी नक्सांकनको कार्य गरिएको कार्यलाई पनि महत्वपुर्ण कार्यका रुपमा प्रस्तुत गरिइको छ । त्यस्तै सडक सार्वजनिकको समस्याका कारणबाट भूकम्प पिडितहरुले भवन निर्माण गर्न नक्सापासको समस्या रहेकोमा सोको समाधानको लागी कमलामाई नगरपालिकाको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ मा पहिलो संशोधन गरी कार्यान्वयन गरिएको जनाएको छ । 

वि.पि. राजमार्गको सडक अधिकार क्षेत्र लगत कट्टा भए बमोजिम नै केन्द्र विन्दुबाट १५÷१५ मिटर कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरी आवश्यक पहल गरिएको र हेटौंडा–सिन्धुली–धरान–चतरा सडकको धुरा बजार देखि खट्टारसम्मको सडक खण्डलाई शहरी सडक कायम गरिदिनको लागी नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भई आवश्यक पहल गरिएको नगर प्रमुख खत्रीले वताए । 

प्रथम नगरसभा बैठक गरिएको, नगरक्षेत्र भित्र विपद्मा परि ज्यान गुमाएकाको परिवारलाई प्रतिव्यक्ति रु. १० हजार उपलब्ध गराउने नीतिगत निर्णय गरीएको, हालैको बाढी पहिरो लगायतका विपद्बाट पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु. १ लाख उपलब्ध गराइएको, नगरपालिकालाई उद्योग वाणिज्य संघको सहकार्यमा मिति २०७४ असोज १ गतेबाट प्लाष्टिक मुक्त नगर बनाउनको लागी आवश्यक तयारी पुरा गरिएको नगर प्रमुख खत्रीले  सय दिनको प्रमुख उपलब्धीको रुपमा लिएका छन । 

नगरवासीहरुको गुनासो सम्बोधन गर्नको लागी नक्सा अभिलेखिकरण÷नियमितको लागी ३ महिना म्याद थप गरिएको, सबै वडाहरुमा वडा कार्यालय स्थापना गरी वडा कार्यालयबाट नै सेवा प्रवाहको कार्य शुरु गरिएको, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको लागी अनिवार्य विद्युतिय हाजिरीको व्यवस्था गरिएको र नगरप्रमुखले आफ्नो सम्पत्ति विवरण पेश गरी सार्वजनिक गरेको कार्यलाई प्रमुख उपलब्धि लिइएको छ । 

नगरप्रमुखले  सय दिनमा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरिरहँदा उपलब्धि मुलक काम हुन नसकेको नगरवासीले वताएका छन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए पछि जनताले निक्कै ठूलो अपेक्षा गरे पनि त्यो अपेक्षा अनुसारको काम हुन नसकेको नगरवासीले वताएका हुन् । भुकम्प पिडितले भोगेका समस्यालाई प्राथमिकता दिन नसकेको, विकास निर्माणको ठूला योजना निर्माण थालनी गर्न नसकेको जस्ता आरोप स्थानीयले लगाएका छन् । कमलामाई नगरपालिकामा भुकम्प पिडित लाभग्राहीहरुले संझौता गरेर पहिलो किस्ता लिए पनि न्यून भुकम्प पिडितले दोस्रो कस्तिा माग गरेका छन् । उनीहरुको समस्यामा खासै चासो दिईएको छैन । 

वडा कार्यालयहरु स्थापना गरिए पनि वडा सचिव नहुदा प्राविधिक सहायक तथा दुई ओटा वडा एकजनाले हेर्नुपर्ने बाध्यता रहिरहेको छ । सडकका खाल्डाखुल्डि मर्मतको अभावमा सदरमुकामका सडकहरुमा नै पानी जमिरहेको अवस्था रहेको नगरबासीले गुनासो गरिरहेका छन् । तथापी फोहोर व्यवस्थापनमा नगरपालिका सफल रहेको वजारवासीले प्रसंसा गरिरहेका छन् । विपी राजमार्गमा फूलको विरुवा रोप्ने भन्दा पनि नगरपालिकाका सबै वडाका नागरिकलाई नगरको न्यूनतम आधारभुत सेवा उपलब्ध गराउन नगरबासीले सुझाव दिएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »