Powered by Blogger.
क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद



काठमाडौं, १९ भदौ – काठमाडौंको क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले  ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।


सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । बा १७ च ६४२७ नं.को स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । 

सो सुन विमानस्थल हुदैँ नेपालमा तस्करी भएको प्रहरीको अनुमान छ । प्रहरीले गत फागुन ३५ किलो अवैध सुन बरामद गरेको थियो ।

0 comments

Write Down Your Responses

second_add