Powered by Blogger.
लगत कट्टा नै नगरी बन्दै ठुला राजमार्ग

मध्यपहाडी लोकमार्गले ओगटेको सयौ विग्गा जमिन स्थानियको नाममा


सिन्धुली,१९ भदौ –सिन्धुली हुदै निर्माणधिन रहेका ठुला राजमार्गको हालसम्म लगतकट्टा भएको छैन । निर्माणधिन रहेको मध्यपहाडी राजमार्ग र हेटौडा – चतरा राजमार्ग लगत कट्टा नगरी निर्माण भइरहेको स्थानियले जनाएका छन् । 


सरकारले राष्ट्रिय गौरबको आयोजना भनेका यी ठुला राजमार्गमा लगत कट्टानै नगरि करोडौ लगानी भएको हो । पहाडी जिल्लालाई मध्यनजर गरेर बनाईको निर्माणधिन मध्यपहाडी लोकमार्ग तथा हेटौडा, सिन्धुली चतरा वैकल्पीक राजमार्ग लगत कट्टै नगरी नीजि जग्गामै सरकारले करोडौ लगानी  गर्दै आएको स्थानिय बासिन्दा बताउछन् । 

सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मिसम्म ६० किलोमिटर सडकमा कालोपत्रे अन्तिम चरणमा छ  तर कालोपत्रे भई निर्माण सम्पन्न भएको राजमार्ग समेत स्थानियकै निजी जग्गा रहेको र हालसम्म सरकारले सार्वजानिक गरि राजमार्ग निर्माण गर्न नसकेको स्थानीयको भनाई छ । मध्यपहाडीको ६० किलोमिटर मध्य पुल बन्ने स्थानमा मात्र सार्वजानि भएको र अन्य स्थानमा नभएको स्थानियले जनाए । हामीले राजमार्गकै कर तिर्नुपरेको छ, स्थानिय सरद आचार्यले भने, सरकारले मुआब्जा दिएर लगत कट्टा गर्छौ भनेपनि हालसम्म गरेको छैन । 

मध्यपहाडी लोकमार्गले ओगटेको सयौ विग्गा जमिन स्थानियको नाममा छ तर हालसम्म सार्वजानिक हुन सकेको छैन । सार्वजानिक हुन नसक्दा स्थानियले जुनसुकै समयमा मुआब्जाको बिषयलाई लिएर समस्या ल्याउन सक्ने भएकाले तत्काल लगत कट्टा गरी सार्वजानिक गर्नुपर्ने जानकारहरु बताउछन् । मालपोत कार्यालयका कर्मचारी शेषराज ढकाल सार्वजनिक नभएकाले जुनसुकै समय राजमार्गमा स्थानियले समस्या ल्याउन सक्ने बताउछन् । व्यक्ति व्यक्तिकै नाममा राजमार्ग छ, उनले भने, ‘सरकारले लगत कट्टा गर्नुपर्ने भएपनि हालसम्म गरेको छैन, त्यसैले समस्या आउन सक्छ ।’

मध्यपहाडी लोकमार्गको मात्र नभएर बैकल्पिक राजमार्गको रुपमा लिइएको हेडौडा, सिन्धुली चतरा राजमार्गको समस्या पनि उस्तै छ । सडकको मध्यविन्दुबाट दायाबाया १५÷१५ मिटर छाड्नुपर्ने आयोजनाले बताएपनि लगत कट्टा नभएकाले स्थानियले राजमार्गमा जग्गा छाड्न आनाकानी गर्दै आएका छन् । राजमार्गले छाड्न भनेको छ, तर लगत कट्टा नगरेकाले मध्यविन्दु कहाँ मान्ने, अन्यौल छ, कपिलाकोटका एक स्थानियले भने सरकारले लगत कट्टा गर्नुपर्छ । हेडौडा, सिन्धुली चतरा राजमार्ग धमाधम निर्माण भइरहेको छ । खोला तथा नदीमा पुल बन्नेकाम समेत तिब्र गतिमा भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्ग निर्माणका लागि दायाबायाका बस्ति हटाउने तथा रुखहरु काट्ने काम धमाधम भइरहेको छ ।  तर अधिकांश नीजि जग्गामै सरकारको करोडौ रुपैँया लगानी हुने भएको छ ।  सार्वजानिक नहुदा नीजि जग्गामै सकारले लगानी गरेर पछि कुनै समय स्थानियलाई समस्या निम्त्याउने बाटो खाली राखेको जानकार बताउछन् । मुआब्जा दिन नसक्ने भए नदिने तर निर्माणकार्यको थालनीमै नीजि जग्गालाई लगत कट्टा गरि सार्वजानिक गराउनुपथ्र्यो, एक स्थानियले भने, राजमार्गको सधै कर तिर्नुपरेपछि जुनसुकै समयमा स्थानियबासिले आन्दोलन गर्न सक्छन् ।

मध्यपहाडी, हेटौडा, सिन्धुली, चतरा राजमार्गदुबैले हालसम्म लगत कट्टा नगरेको नापी कार्यालयले जनाएको छ ।  कालोपत्रे गर्न तथा सडक बनाउन सरकारले बर्षेनी करोडौ खर्च गरेपनि नीजि जग्गामै सरकारी लगानी गरिरहेको छ ।  मुआब्जा नपाएपछि स्थानियले पनि सार्वजानिक गर्न आनाकानी गर्नुका साथै मुआब्जा पाउनुपर्ने माग राखेपछि आयोजनाले मध्यपहाडी राजमार्ग लगत कट्टानै नगरि निर्माण गरेको हो । सिन्धुलीको भुभागमा पर्ने मध्यपहाडी राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ तर नीजि जग्गामै राजमार्ग बनेको स्थानियको भनाई छ । 
पुरानै गोरेटो बाटोबाट राजमार्ग बनेको भन्दै लगत कट्टा नगरि आयोजनाले लगानी गरेको स्थानिय बासिन्दाको आरोप छ । पुलमात्रै पहिलेको गोरेटो भन्दा बाहेकको स्थानमा बनेको भन्दै पुलआसपासको जग्गामा मात्र मुआब्जा दिएर लगत कट्टा भएको स्थानियले जनाए । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा ऋषिराज काफ्ले पुल आसपासका केहि स्थानियले मात्र मुआब्जा पाएको बताउछन् । बाशेश्वरको हैबारबेसीका केहि स्थानियले मुआब्जाको माग सहित आन्दोलन गरेपछि उनिहरुले पाएको भएपनि अधिकांशले मुआब्जा नपाएको उनको भनाई छ । 

0 comments

Write Down Your Responses

second_add