दिपज्योतिको छैठौं साधारण सभा सम्पन्न

प्रकाशित समय 6:58 PM
सिन्धुली,१९ भदौ – दिपज्योति साना किसान कृषि सहकारी संस्था कमलामाई नगरापलिका वडा नं. ५ संगमचोकको छैठौं साधारणसभा आईतवार सम्पन्न भएको छ ।


सहकारीको अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा संस्थाका कोषाध्यक्ष जानुका थापाले प्रस्तुत गरेको ७ लाख ६६ हजार ९ सय १ रुपैयाको आर्थिक प्रतिवेदन पारित गरेको छ । 

१ सय २४ शेयर सदस्य रहेको सहकारीको नयाँ कार्य समिति समेत गठन भएको छ । हिरालाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । सहकारीको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षमा क्रमश राजनबहादुर वि.क. नविन श्रेष्ठ, अनु घतानी, यमकुमारी श्रेष्ठ रहेका छन् । सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, लेखनारायण श्रेष्ठ, सिता वि.क., नविना श्रेष्ठ, कल्पना श्रेष्ठ रहेका छन् । लेखा समितिमा शंकर नारायण श्रेष्ठ संयोजक र सदस्यहरुमा सर्मिला श्रेष्ठ र विष्णुबहादुर साही रहेका छन् । 

साधारण सभाको उद्घाटन कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाबहादुर गुरुङ, सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हितलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका सह–सचिव नविन श्रेष्ठ, कमला जनज्योति मावि सिलामेका शिक्षक अविभावक संघका अध्यक्ष भक्तनारायण श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »