Powered by Blogger.
नियम विपरित चलेका सवारी साधन कारवाही

सिन्धुली,१९ भदौ –जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको नियमित चेक जाँचको क्रममा आइतवार सिन्धुलीमा ७४ वटा सवारी साधन कारवाहीमा परेका छन । ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले गरेको चेकजाँचमा उक्त सवारी साधनहरु कारवाहीमा परेका हुन् । 


चेक जाँचका क्रममा तिव्रगतिमा चलाएका २० सवारी साधन र लाइसेन्स नभएका, कागजपत्र नबोक्ने, रुट परमिड नभई सवारी चलाएका, सिट वेल्ट नलगाई सवारी चलाएका ५४ सवारीलाई कार्वाहि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरिक्षक चन्द्रकुमार फाजुश्रेष्ठले जानकारी दिए । 

कारवाहीमा परेका ७४ सवारी साधनहरुबाट ४८ हजार राजस्वा संकलन भएको प्रहरी नायब निरिक्षक श्रेष्ठले जानकारी दिए ।

यसैविच रुटपरमिट विना संचालन भइरहेका ठुला तथा साना सवारी साधनहरुलाई सडक विभागको सिफारिस र यातायात व्यवस्था विभागबाट अस्थायी रुटपरमिट ल्याएर प्रक्रियागत रुपमा सवारी साधन संचालन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आग्रह गरेको छ । सिन्धुलीमाढी देखि खुर्कोट सम्म आवात जावात गर्ने सवारी साधनहरुमा बढी रुटपर्मिटको समस्या देखिएको प्रहरी नायबनिरिक्षक श्रेष्ठले बताऐ । साथै विपि राजमार्गको अवस्थालाई मध्यनजर गर्दै १० चक्के ठुला सवारी साधनलाई चल्न रोक लगाइएको श्रेष्ठले जानकारी दिए ।

0 comments

Write Down Your Responses

second_add