Powered by Blogger.
तरुण दलले पहिरो पिडितलाई ५० हजार सहयोग गर्ने


सिन्धुली,१९ भदौ – नेपाल तरुण दलले बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि कमलामाई न.पा–६ स्थित २ नं वजार निवासी पहिरो प्रभावित परिवारलाई सोमवार एक कार्यक्रमका बिच नगद पचास हजार रुपैया प्रदान गरेको छ । 


नेपाली काँग्रेस सिन्धुली जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले तरुण दल सिन्धुलीका अध्यक्ष बिजय कुवरलाइ उक्त रकम हस्तान्तरण गरेका हुन ।

प्राप्त रकम केही दिनमा नै उदयबहादुर खड्कालाई हस्तारन्तण गरिने तरुण दल सिन्धुलीका अध्यक्ष बिजय कुवरले बताए ।

उक्त रकम हस्तान्तरण गर्दै नेपाल तरुण दलका अध्यक्ष बस्नेतले एक तरुण दलले राहत अभियान साताव्यापी रुपमा चलाउने केन्द्रिय समितीको  निर्णय भए बमोजिम संकलित भएको रकम र अन्य सामाग्री वितरणका लागी तरुण दलको टोली बाढी र पहिरो प्रभावित क्षेत्रमा अहिले निस्केको बताए । 

देशभर तरुण दलका तीन लाख सदस्य रहेको भन्दै तरुण दलले प्रत्येक सदस्यलाई राहत संकलनमा सहभागि हुन बिपत पश्चात एक बिज्ञप्ति जारि गर्दै निर्देशन दिएको थियो । अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी बिज्ञप्तिमा भनिएको थियो, ‘बाढी र पहिरोमा परी लाखौं जनता यति बेला कष्टकर जीवन बाँच्न बाध्य छन, यति बेला तरुण दलको काँधमा ठूलो जिम्मेवारी आएको छ । देशभरका तरुणहरुलाई राहत संकलन गरेर पीडितहरुलाई वितरण गर्न निर्देशन गरिन्छ ।’

नेपाल तरुण दलले संकलन गरेको राहत रकम र सामाग्री तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बाढीबाट अति प्रभाबित क्षेत्र सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिरहा, जलेश्वर लगाएतका क्षेत्रमा बितरण गरिने बताइएको छ । 

0 comments

Write Down Your Responses

second_add