Powered by Blogger.
नेकपा एमाले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दियो

सिन्धुलि,१९ भदौ– ‘नयाँ संबिधानको कार्यान्वयन गरौ,आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा विजय गराऔं’ भन्ने नारा साथ सिन्धुली जिल्लाका स्थानिय तहका प्रतिनिधिहरुलाई नेकपा एमाले सिन्धुलिले कार्य संचालन सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ । 


निर्वाचित जनप्रतिनिधिलाई स्थानिय तह सञ्चालनबारे जानकारी गराउने उदेस्यले कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीले जनाएको छ । 

स्थानिय तहमा विकास निर्माणका काम र न्यायिक अधिकारबारे वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र प्रदेश नम्वर ३ का सदस्य एवम नगरपालिका महासंघका अधयक्ष डोर मणि पौडेलले प्रशिक्षण दिएको थिए । 

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रदिप कट्वालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा  नेकपा एमालेका केन्द्रीय बैकल्पिक सदस्य कमलजंग राई,नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य गंगा प्रसाद नेपाल,नेकपा एमाले केन्द्रीय  सल्लाहकार  सदस्य केशव प्रसाद देवकोटा लगाएतले समेत मन्तव्य राखे  । 

प्रशिक्षण कार्यक्रममा   सिन्धुलि जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरु पार्टिका नेता कार्यकर्ताहरुको  सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

second_add