भुकम्पको गुनासोका ५० प्रतिशत घरधुरी सर्वेक्षण

प्रकाशित समय 6:04 PM
सिन्धुली,१० असोज – लाभग्राही सुचिमा नाम नपरेको र सर्वेक्षण छुटका भनि गुनासो गर्ने करिब २५ हजार भुकम्प पिडितको घर पुन सर्वेक्षणको काम ५० प्रतिशत सम्पन्न भएको जनाएको छ । 


राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका अनुसार भदौ ६ बाट जिल्लामा ६० जना इन्जिनियर र सामाजिक परिचालक खटाई सर्वेक्षण गरेको थियो । एक महिनामा गुनासो दर्ता गराउनेको ५० प्रतिशतको घर सर्वेक्षण भई सकेको राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका इन्जिनियर आयुस मुखियाले जानकारी दिए । 

पहिला दर्ता भएका २५ हजार र पछि सर्वेक्षणको क्रममा दर्ता हुन आएका करिब ३ हजार गुनासोका घरधुरी सर्वेक्षण प्रत्यक साविकको गाविस र नगरपालिकामा इन्जिनियरले गरिरहेको र अब एक महिनामा सकिने इन्जिनियर मुखियाले वताए । 

पून निर्माण प्राधिकरणले सिन्धुलीको २८ हजार ५ सय ६२ गुनासो मध्य ७ सय १९ घरधुरीलाई यस अघि नै लाभग्राही सुचिमा समावेस गर्ने निर्णय गरेको छ । भुकम्पले घर भत्किएको तर लाभग्राही सुचिमा नाम समावेश नभएको भन्ने २६ हजार ४ सय ४४ गुनासो मध्य ७ सय १९ लाभग्राही सुचिमा पर्न योग्य रहेको र १ हजार १ सय ६१ साविकको घरमा नै वस्न योग्य रहेको पून निर्माण प्राधिकरणले निर्णय गरेको थियो । 

बहुस्वामित्वमा भएको ५ सय ३७ घर रहेकोले २०७२ अगावै परिवार छुट्टीएको प्रमाण लिएर आएमा लाभग्राही सुचिमा पार्ने यस अघिको नै निर्णय थियो । भुकम्प आउनु अगावै छुट्टिएको तर एउटै घरमा वसोवास गरेको भनि छरछिमेक र वडा कार्यालयबाट मुचुल्का वनाई प्रमाण सहित आए बहुस्वामित्व भएको परिवार पनि लाभग्राही सुचिमा पर्ने राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख बासुदेव हुमागाईले वताए । 

पून सर्भे गर्नु पर्ने जिल्ला भरिमा २५ हजार १ सय ७२ घर रहेको निमित्त प्रमुख हुमागाईले वताए । जसमा पहिला सर्भे गर्न छुट भएका घर ११ हजार १ सय १२, सर्भे भएको तर लाभग्राहीमा पर्नु पर्ने नपरेको गुनासो परेका १२ हजार ८ सय ७१ घर र अन्य थप सम्भावित सर्भे गर्नु पर्ने घर १ हजार १ सय ९९ रहेको निमित्त प्रमुख हुमागाईले वताए । 

२०७२ साल वैशाख १२ मा गएको भुकम्पको २०७३ मा सर्भे पछि लाभग्राही सुचि सर्वाजनिक भयो । सो सुचि उपर चित्त नवुझि सिन्धुलीबाट २८ हजार ५ सय ६२ गुनासो परे त्यसको २०७४ मा सुनुवाई भयो र पून सर्भेको लागि प्राविधिक खटाएको हो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »