Powered by Blogger.
युवा क्लब स्थिरिय भलिबल प्रतियोगिता समापन

सिन्धुली,१० असोज – जनजाति समाज विकास कार्यक्रम (JSDP)ले प्लान इन्टरनेस्नल नेपाल का आर्थिक सहयोगमा सोमवार गोलन्जोर ५ ,रतनचुरामा JSDP का अध्यक्ष गोविन्द बहादुर लुङ्गेलीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष श्री पुष्प कार्कीको प्रमुख अतिथिमा वडा दशै २०७४ सालको उपलक्ष्यमा युवा क्लबहरुको अतिरिक्त त्रियाकलाप अन्तर्गत युवा क्लब स्तरिय भलिबल प्रतियोगिता कार्यक्रमको एक समारोह विच समापन गरिएको छ ।


उक्त कार्यक्रममा गोलन्जोर ७,भिमेश्वर का वडा अध्यक्ष श्री रोम बहादुर देवकोटा(सुवास), गोलन्जोर ५,रतनचुराका वडा अध्यक्ष श्री बुद्धि ब. पाल्पाली, प्लान इन्टरनेस्नल नेपालका एरिया मेनेजर राम ब. श्रेष्ठ, प्लान इन्टरनेस्नल नेपालका प्रतिनिधि श्री निवास वैठा,जुनार सहकारीका अध्यक्ष निर्मल रम्तेल,लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चार वटा टिम–प्रगतिशिल युवा समाज मझुवा,नवविहानि युवा क्लब खाल्टे, नवज्योति युवा भिमेश्वर र र जनजाति समाज विकास विच प्रतिस्पर्धा भएको थियो उक्त भलिवल प्रतियोगितामा प्रथम जनजाति समाज विकास का टिम, द्धितिय नवज्योति युवा भिमेश्वर तृतिय प्रगतिबिल युवा समाज मझुवाका टिम भएका थिए ।

 कार्यक्रममा प्रथम ,द्धितिय,तृतय लाई सिल,प्रमानपत्र र मेडक को व्यवस्था गरिएको थियो कार्यक्रममा स्वागत मन्तव्य सँस्थाका उपाध्यक्ष सुन्दर तामाङले राखेका थिए  भने कार्यक्रम सञ्चालन सँस्थाका कार्यक्रम सँयोजक मिन बहादुर रायले गरे । 

 प्रमुख अतिथि ले प्रतियोगितामा विजय टिमलाई शुभकामना सहित खेलल मानिसको जिवनमा ठूलो भुमिका खेल्ने भएकोले आफुले मनले चाहेको खेल प्रति लगनसिल भएर लाग्न आग्रह गर्दै यस गोलन्जोर गाउपालिकामा भलिबल,फुटवल तथा टेवल टेनिस खेल्नका लागि फिल्ड तयार गरिदिने प्रतिबद्धता समेत गरे ।

0 comments

Write Down Your Responses

second_add