Powered by Blogger.
पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान

सहकार्यको १४ औं बार्षिक साधारण सभाको उद्घाटन


सिन्धुली,८ जेठ – नजिकिदै गरेका चाडपर्वहरुको अवसरमा सिन्धुलीमाडीमा शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सहकार्य नेपाल सिन्धुलीले विजया दशमी, शुभदिपावली, छटको पावन अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।


सहकार्य नेपाल सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर बर्मा, विशिष्ट अतिथि गैसस सिन्धुलीका अध्यक्ष वेदराज दाहाल, दुधौली नगरपालिका सिन्धुलीका प्रवक्ता तथा दुधौली नगर पालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउत, नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटुवाल लगाएत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन पछि शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्माले समस्त जिल्ला बासिहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरे । हिन्दु नेपालीहरुको महान चाड विजया दशमीलाई एक पर्व तथा सस्कृतिको रुपमा मनाउन उनले शुभकामना दिए । चाड पर्वको नाममा हुने खाने भन्दा हुदाँ खानेकोलागी बोझ वनाउन नहुने बताए । एक अर्कामा हर्षका साथ शुभकामना आदान प्रदान गर्दै पर्व हर्षोउल्लाषका साथ मनाउन जिल्ला वासिलाई आग्रह गर्दै देखमसेखी गर चाडपर्वलाई खर्चिलो र भड्किलो नवनाउन सुझाव दिए ।

साथै चाड पर्वमा आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै खान पानमा समेत ध्यान दिन आग्रह गर्नु भयो । चाड पर्व सवैकालागि बराबर भएको भन्दै आफ्नो क्षमता अनुसार रितिरिवास तथा संस्कृतिको जगेर्ना गर्न उनको आग्रह रहेको छ । बर्ष दिनमा एक पटक आउने विजया दशमी तथा शुभ दिपावलीले स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली जनहरुमा शुभकामना व्यक्त गरे ।

यस्तै गैसस सिन्धुलीका अध्यक्ष वेदराज दाहालले एउटा व्यक्तिको नामले संंस्था चिनिनु भन्दा पनि संस्थाको नामले व्यक्ति चिनिनु पर्ने बताए । सहकार्य नेपालले विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रमको आयोजना गरि एक आपसमा प्रत्यक्ष भेटघाट गरि शुभकामना आदान प्रदान गर्ने अवसर जुटाएकोमा धन्यवाद दिए । सोही अवसरमा उनले सम्पुर्ण गैसस कर्मी, समाजसेवी, कर्मचारी, व्यापारी तथा सम्मस्त नेपालीहरुमा विजया दशमी तथा शुभदिपावलीको पावन आवसरमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्ति गरे ।  देखासेखी भन्दा पनी आफ्नो क्षमता अनुसार पर्वहरु मनाउन उहाँले आग्रह गरे । देखासेखीको प्रथाले परम्परागत पर्वहरुलाई गलत तरिकाले अगि बढाउदा भावि सन्तानले पर्वलाई खर्चिलो र भड्किलो पर्व बुझ्ने भएकाले सरल तथा सहज तवरले चाडपर्व मनाउन उनले आग्रह गरे ।

शुभकामना आदान प्रदान कार्यक्रममा दुधौली नगरपालीकाका प्रवक्ता तथा दुधौली नगरपालीका २ नं. वडाका वडा अध्यक्ष रितेशराउतले पनि समस्त जिल्लावासि एवं नेपाली जनहरुमा शुभकामना व्यक्त गरे । सवैको जमघटबाट शुभकामना आदानप्रदान गर्ने कार्यक्र सहकार्य नेपालले गरेकोमा धन्यवाद दिदै नेपालीहरुमा सकारात्मक सोचको विकास भई नेपाललाई सम्बृद्ध नेपाल बनाउने अभियानमा लाग्ने प्ररणा विजया दशमिले प्रदान गरी सवै नेपालीलाई सुखि र खुसि वनाउने शक्ति माता भवानीले प्रदान गरुन भन्दै शुभकामना व्यक्त गरे ।
यस्तै नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटुवाले कार्यक्रमको आयोजना गरि शुभकामना दिने अवसर जुटाएकोमा सहकार्य नेपाललाई धन्यवद दिदै निरन्तर समाजसेवामा जोडिन संस्थालाई आग्रह गरे । एक आपसको खुसियाली र सद्भाबको विकास गरि पर्व मनाउनु पर्नेमा जोड दिदै समस्त नेपालीहरुमा शुभकामना व्यक्त गरे । 

शुभकामना आदान प्रदान कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष खेटराज अधिकारीले सकारात्मक सोत, सतबुद्धिको विकास गरि नयाँ नेपालमा लाग्ने प्ररणा विजया दशमिबाट प्ररणा मिलोस भन्ने शुभकामना व्यक्त गरे । हरेक चाड पर्वले एक आपसमा खुसियाली र हर्षाका साथ मनाउनु पर्नेमा जोड दिए । सवैको सकारत्मक सोचले नयाँ नेपाल तथा समृद्ध र उज्यालो नेपाल वनाउन सकिने भएकाले यस बडा दशै तथा शुभदिपावलीले समस्त नेपालीहरुमा सकरात्मक सोचको विकास हुने बताए ।

यसैविच शनिवार सहकार्य नेपाल सिन्धुलीको १४ औं बार्षिक साधारण सभाको उद्घाटन भएको छ । शुभकामना आदान प्रदान संगै बार्षिक साधारण सभा उद्घाटन भएको हो ।

साधारण सभा भने आईतबारबाट सञ्चालन हुने सहकार्य नेपाल सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिए । साधारण सभामा आर्थिक बर्ष २०७३/०७४ को आय व्यय प्रस्तु तथा बर्षभर सञ्चालन भएका योजना, कार्यक्रमहरुको समिक्षा गरिने समेत जानकारी दिए । यस्तै आर्थिक बर्ष २०७४/०७५ का लागि कार्य योजना निर्माण, भावि निति तथा कार्यक्रमहरु तय गरिने उहाँले जानकारी दिनुभयो । साधारण सभावाट संस्थाको कार्य समिति नयाँ चयन नहुने तर भावि रणनितिह भने तय गरिने उनको भनाई छ ।

सहकार्य नेपाले विगत बर्षौ देखी समुदाय स्तरमा पारदर्शीका साथ काम गरि रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईने अध्यक्ष अधिकारीले बताए । शुसान, पारदर्शिता र जवाफदेहीता दिगो विकासमा हाम्रो सहभागिता भन्ने संस्थाको नाराले नै सहकार्य नेपाल भावि दिनमा पनि समुदाय स्तरमा पुग्ने बताउनुभयो । दुर दराज देखी सुगम स्थल सम्म सहकार्य नेपालले समुदायहरुसंगै सहकार्य गरि अघि बढिरहने उनले बताए ।

0 comments

Write Down Your Responses

second_add