बस दुर्घटनाहुँदा ३ को मृत्यु, २० भन्दा बढी घाइते

प्रकाशित समय 1:56 AM

 रामेछाप,६ असोज – रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा आज बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।


रामेछाप नगरपालिकाको रामेछापबाटबाट मन्थली हुँदै काठमाडौँको लागि छुटेको हिमाल तराइ यातायताको बा २ ख ६३७२ नं को यात्रुवाहक बस बिहान ९ः३० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जानकारी दिएको छ ।

मृतकमध्ये रामेछाप नगरपालिका हुदिलकी २५ वर्षीया उमा खड्काको मात्रै पहिचान खुलेको छ ।दुर्घटनाका घाइतेलाई दुर्घटनास्थलबाट निकालेर मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल र अन्य अस्पतालहरुमा लगिएको छ ।

तामाकोसी अस्पतालमा पुर्याइएका २० जना बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

बस वितिटाको सानाबारी भन्ने स्थानमा मोड काट्ने क्रममा सडकबाट करिव ३० मिटर तल खसेकाे हाे र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »