शुभकामना आदान प्रदान सम्पन्न

प्रकाशित समय 8:28 PM

सिन्धुली ,६ असोज– नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको संयुक्त आयोजनामा दशै तिहार तथा छठको शुभकामना आदन प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


जिल्लामा क्रियाशील जनवर्गीय संगठनहरु एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल क्रान्तिकारी किसान संघ, अनेरास्वीयू क्रान्तिकारी, अखिल नेपाल महिला संघ क्रान्तिकारी लगाएतका संगठनहरुको आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य  रामचन्द्र मण्डलको प्रमुख आथित्यता तथा पोलिटव्यूरो सदस्य बसन्त माझीको विशेष आथित्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख संझना अधिकारी दनुवार, सुनकोशि गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष सविता कोईराला, माओवादी केन्द्रका गोलञ्जोर इन्चार्ज ज्वालाप्रसाद न्यौपाने, घ्याङलेक इन्चार्ज काजीमान थिङ, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नबराज थिङ लगायतले मन्तव्य राखेका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »