Powered by Blogger.
सिन्धुली अस्पतालमा जटिल रोगको सफल अप्रेसन

सिन्धुली,६ असोज – सिन्धुली अस्पतालमा जटिल प्रकृतिको अप्रेसन सफल भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ क्यानेश्वरकी एक २७ वर्षीय महिलाको योनाङ्ग टालिएको रोगको सफल अप्रेसन भएको हो । 


मजदुरी गरेर गुजरा चलाउने उनको परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण ६ वर्ष देखि रोग पालेर बसि रहेका थिए । ‘आर्थिक अवस्था कम्जोर भएको कारण श्रीमतीको त्यो रोगको उपचार गराउन सकेको थिईन । १० दिन अघि लालबन्दीमा रहेको ट्याक्स अस्पतालमा उपचारको लागि गएको थिए, त्यहाँ सुमित्रा गौतम डाक्टरसँग भेट भयो । उहाँले सिन्धुलीमा उपचार हुने वताए पछि असोज १ गतेबाट सिन्धुली अस्पतालमा भर्ना भएको र दुई गते सफल अप्रेसन भयो’ विरामीका श्रीमानले वताए । योन रोग भएकोले लाज हुने भन्दै उनले नाम वताउन चाहेन । 

‘विवाह भएको दुई वर्षमा एक सन्तान भए पछि कमाउनका लागि बाहिर गएको थिएँ,  दुई वर्ष पछि फर्केर घर आँउदा श्रीमतीको योनाङग टालिएको थियो, महिनावरी हुँदा धेरै दुःखाई हुने भयो, यो समस्याको बारेमा कसैलाई भन्न मिलेन, दिन भरि कमाएर विहान बेलुका छाक टार्ने गरेको थिएँ, उपचार गर्न पैसा थिएन, रोग पालेर नै चार वर्ष बसियो, लालबन्दीमा स्वास्थ्य शिविरमा उपचार गर्न आउदा सुमित्रा डाक्टरसावले सिन्धुलीमा उपचार गर्न आउनुभन्नुभयो, यो उपचार गर्न चार पाँच लाख लाग्छ भन्ने सुनेको थिएँ, पैसा थिएन, उहाँ मेरो लागि भगवान भएर निस्किनुभयो’ श्रीमानले भने । 

जन्मजात योनाङ्ग नहुने घटना विरलै हुने भए पनि बच्चा भई सकेको महिलाको योनाङ्ग टालिने घटना नहुनते तर उनको हकमा अपवादमा भएको सिन्धुली अस्पतालका सुपरिटेन्डन सुमित्रा गौतमले वताइन । घरमा नै बच्चा जन्माएर योनाङ्गको सरसफाई, हेरचाह र उपचार नभएको कारण इन्फेक्सनका कारण मासु पलाएर योनाङ्ग टालिएको सुपरिटेन्डेन गौतमले वताइन । 

सिन्धुली अस्पतालमा सामाग्रिको अभावमानै ३ घण्टा लगाएर अप्रेसन गरिएको सुपरिटेन्डेन गौतमले भनिन । ‘बच्चा जन्मिएपछि राम्रो हेरचाहको अभावमा इन्फेक्सन भएर पाठेगरबाट नै मासु पलाएर योनाङ्ग टालियो, पाठेघरको नलि, पिसाव नलिको सानो भागबाट पिसाब र महिनावारी हुने गरेको थियो, पुरै मासु काटेर योनाङ्ग वनाउने जटिल अप्रेसन सफल भयो’ सुपरिटेन्डेन गौतमले बताइन । 

अहिले विरामी ९९ प्रतिशत ठिक भएको र अब ६/७ दिनमा डिसचार्ज हुने सुपरिटेन्डेन गौतमले वताइन । गौतमले यस अघि पनि जटिल प्रकृतिका धेरै ओटा स्त्री रोगको सफल अप्रेसन गरि सकेकी छिन । ग्रमिण क्षेत्रका महिलाहरु स्त्री रोग लुकाएर वस्ने र जटिल अवस्थामा मात्र उपचार गर्न आउने र जटिल अवस्थामा धेरै खर्च लाग्ने भएका कारण महिलाहरु पिडामा बाच्न बाध्य थिए । सिन्धुली अस्पतालमा नै स्त्री रोग विशेषज्ञ आए पछि धेरै यस्ता समस्यामा परेका महिलाहरुले राहत पाएका छन् । 

0 comments

Write Down Your Responses

second_add