रौतहटमा कांग्रेस र राजपाबीच झडप

प्रकाशित समय 11:49 PM

रौतहट, ५ असोज - कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसक्रममा रामपुकारमाथि लाठी प्रहार भएको हो । टाउकोमा लाठी लागेका उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुठा राय यादव, भूठा यादव, बैजु यादवलाई पक्राउ परेको छ ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ।

 भूठा कांग्रेसका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादवका छोरा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »