महिला मानव अधिकार रक्षकहरुको भूमिका विषयक अन्तरक्रिया

प्रकाशित समय 5:32 PM
सिन्धुली,५ असोज  – विजया दशमी,शुभदिपावली, छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा लैंगिक हिंसा न्युनिकरणमा महिला मानव अधिकार रक्षकहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । 


महिला मानव अधिकार रक्षक सन्जाल सिन्धुलीका उपाध्यक्ष अप्सरा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यलयका प्रतिनीधि, अन्र्तरपार्टी महिला सन्जाल सिन्धुलीका अध्यक्ष तथा प्रतिनीधिहरु ओसिएमसीका जिल्ला संयोजक तथा प्रतिनिधी, ओरेक नेपालका प्रतिनीधिहरु र महिला मानव अधिकार रक्षक सिन्धुलीका सल्लाहकार तथा सहदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले सिन्धुलीमा लैंगिक हिंसाका घटनाहरु बढ्दै गएको र यसलाई न्युनिकरण गर्नका लागि विद्यालय स्तरमा र समूदाय स्तरमै गएर जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्नु पर्ने औल्याएका थिए । 

कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुले सिन्धुलीमा बहुविवाहका केशहरु व्यापक रुपमा बढ्दै गएको औल्याउँदै देवानी संहिता अन्र्तग बनेको कानूनमा दोश्रो विवाह गरी ल्याएको श्रीमतीलाई कानूनी रुपमा श्रीमतीको मान्यता नदिने कानून आगामी २०७५ भाद्र १ गतेदेखि लागु हुने कुराले आफुहरु अत्यन्त खुशि भएको र यो समूदाय स्तर सम्म पुर्याउनु आवश्यकता रहेको र आफुहरु यो सन्देश वडा स्तर सम्म पुर्याउन लागि पर्ने पनि बताएका थिए ।  जुन हालै पारित भएको कानुनले गर्दा महिला हिंसाका घटनाहरु न्युनिकरणमा समेत सहयोग पुग्ने महिला मानव अधिकार रक्षकहरुको विश्लेषण रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »