Powered by Blogger.
सुरक्षित घरबास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रमा कार्की 

सिन्धुली,५ असोज –जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ झाँगाझोलीमा  सुरक्षित घरबास सम्बन्धी अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । 


सुनकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमले झाँगाझोलीका भुकम्प प्रभावित घरधनीहरुलाई अब बन्ने घरहरु हरेक हिसावले सुरक्षित तरिकाले निर्माण गर्न र पुनर्निमाण तथा अनुदान किस्ताको बारेमा जानकारी गराउँने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

स्विस कन्ट्याकको आर्थिक सहयोग तथा मनकामना तालिम तथा सीप विकास परियोजना र अल थ्री मिडियोको साझेदारीमा सन्चालित सुरक्षित घरबास कार्यक्रमले सुनकोशी गाउँपालिकाका स्थानीयलाई सुरक्षित घर निर्माणका लागि उनीहरुको चेतनास्तर विकासमा सहयोग पुग्ने स्वीस कन्ट्याक सिन्धुलीकी जिल्ला संयोजक गीता लिम्बुल बताइन् ।

 अभिमुखिकरण कार्यक्रममा मनकामना तालिम तथा सीप विकास परियोजनाका जिल्ला प्राविधिक संयोजक निरज दाहालले सुरक्षित घरबास कार्यक्रम सुनकोशी गाँउपालिकामा ६ महिना सम्म सन्चालन हुने कुरा जानकारी गराउँदै यस कार्यक्रम अन्र्तगत त्यस ठाउँमा सन्चालन गरिने कार्यक्रमहरु घरदैलो कार्यक्रम, समूदाय स्तरमा घरधनीहरु सँग अन्तरक्रिया कार्यक्रम, विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम, सूचना साहेता केन्द्रको सन्चालन, न्यूज २४ मा सुरक्षित घरबास कार्यक्रम सन्चालन, रेडियो पत्रपत्रिका मार्फत सुरक्षित घरबास सम्बन्धी समाजिक सन्देशहरु प्रसारण तथा प्रकाशसन, विभिन्न ठाउँमा होडिङ्ग बोर्डहरु राखिने कुराको जानकारी गराएका थिए । 

अभिमुखिकरण कार्यक्रममा स्वीस कन्ट्याकका कार्यक्रम संयोजक समिता पौडेलले भूकम्पको कारण यसको असर र यसबाट बच्ने उपायहरुका बारेमा सहजिकरण गरेकी थिइन् । त्यस्ते ईन्जिनियर नरेश सिंह धामीले घर निर्माण गर्दा घरधनीले अपनाउनु पर्ने सतर्कताका तथा तयारीका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै स्वीस कन्ट्यक एसएसआरपीका प्रोजेक्ट मेनेजर ताराप्रसाद बखरियाले भुकम्प प्राभावितहरुको समस्यालाई सम्बन्धीत निकाय सम्म पुुर्याएर समाधान खोज्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा सुरनकोशी गाउँपालिका ३ झाँगाझोलीका भुकम्प प्रभावित घरधनीहरु, श्री उच्च माविका प्रधानाध्यपक राजेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का वडा सचिव उद्धवराज गिरी, दक्ष डकर्मीहरुलगायतको  उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रको सन्चालन मनकामना तालिम तथा सीप विकास परियोजनाका सामाजिक परिचालक मोहन परियारले गरेका थिए । 

1 comments

Write Down Your Responses

second_add