रक्तमाला मन्दिरको दशै घरमा जमरा राख्ने तयारी पुरा

प्रकाशित समय 4:46 PM
सिन्धुली,५ अुोज – कमलामाई नगरपालिका वडा नं. ४ मा रहेको रक्तमाला मन्दिर दशै घरमा दशैको जमरा राख्नका लागि सम्पुर्ण पूर्वतयारी पुरा भएको जनाएको छ ।


हिन्दुहरुको चाड दशैमा हरेक वर्ष रक्तमाला मन्दिर दशै घरमा जमरा राख्दै आउने गरेकोमा यस वर्ष पनि संयुक्त जमरा राख्ने पुर्वतयारी पुरा भएको रक्तमाला मन्दिर संरक्षण समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले वताए । मन्दिरमा हरेक वर्ष जिल्लाका सरकारी कार्यालय तथा सर्वसाधरणले संयुक्त जमरा राख्दै आईरहेका छन् ।

यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयहरुको र सर्वसाधरणको संयुक्त जमरा रक्तमाला मन्दिरको दशै घरमा राखिने अध्यक्ष ढकालले वताए । विहिवार घटस्थापनाका दिन नेपाली गाजाबाजा सहित दशै घरमा जमरा राख्ने कार्यक्रम रहेको अध्यक्ष ढकालले जाकारी दिए ।

रक्तमाला मन्दिरमा फूलपातिका दिन माननीय कृषी विकास मन्त्रि रामकृष्ण यादवको प्रमुख आथित्यतामा विषेश फूलपाति वडाई तथा सास्कृतिक कार्यक्रम हुने समेत अध्यक्ष ढकालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »