२ नं. प्रदेशको पहिलो महिला मेयर

प्रकाशित समय 2:55 AM
काठमाडौं ५ असोज–  प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् ।


साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछि पार्दै साह विजयी भएकी हुन् ।

साहले ३९३३ मत प्राप्त गरी मौलापुर नगरपालिकाको मेयर पदमा विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत मात्र प्राप्त गरेका थिए ।

त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरेका छन् । जयसवालले ३८९६ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरेका थिए ।

रिना माओवादी केन्द्रका नेता तथा शहरी विकासमन्त्री प्रभु शाहकी जिवन संगीनिसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »