Powered by Blogger.
चार दिन देखी अन्धकारमा बस्न बाध्य

सिन्धुली,५ असोज–  सिन्धुलीको कमलामाई नगरपालिका ४ देउरालीका स्थानीय विगत ४ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । 


नेपाल विद्युत प्राधिकरण सिन्धुलीको कमलामाई नगरपालीका ४ रायडिमा रहेको ट्रान्सफर्मर जलेपछि सो क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।  

गत सोमबार राती पानी सँगै आएको हावाहुरीका कारण विद्युत ट्रन्सफर्मर जलेपछि विद्युत अबरुद्ध भएको हो । उत्ता प्राधिकरणलाई बारम्बार मर्मतका लागि अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन् । 

प्राधिकरणमा फोन गर्दा ट्रान्समिटर ल्याउदै छौ भनेको तिन दिन भइसक्दा समेत लाईन सञ्चालन हुन नसकेको स्थानीयले बताएका  छन् । प्राधिकरणले भने ट्रान्सफमर ल्यानका लागि कर्मचारीलाई पठाएको बताएको छ । 

0 comments

Write Down Your Responses

second_add