बोलेरो दुर्घटना हुँदा दुई घाईते

प्रकाशित समय 6:20 AM
सिन्धुली,४ असोज – सिन्धुलीको हरिहरपुरगढी गाउपालिका वडा नं. ७ झोरा स्थित बोलेर पिकप दुर्घटना हुदा दुई जना घाईते भएका छन् । बुधवार हरिहरपुरगढी गाउपालिका ७ क्यानेश्वरबाट सर्लाहीको हरिवन तर्फ जाँदै गरेको बोलेरो पिकअप गडी दुर्घटना हुदा २ जना घाईते भएका हुन् । 


ना २ च ६७१२ नंम्बरको बोलेर पिकअप गाडी अनियन्त्रीत भई सडकबाट ३ सय फिट तल खस्दा हरिहरपुरगढी गाउपालिका ६ की २७ वर्षीय साईली मोक्तान र १६ वर्षीय संगिता राणा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते दुबै जनाको हरिवन सर्लाहीमा उपचार भई रहेको प्रहरीले जनाएको छ । 

गाडीका चालक भने फरार रहेको र खोजिकार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक टिकाबहादु केसीले वताए । त्यस्तै मंगलवार राति परेको चट्याङ लागेर तिनपाटन गाउपालिका वडा नं. ७ की ५० वर्षीय हरिमाया सार्कीको मृत्यु भएको छ । 

घरमा नै सुतिरहेको अवस्थामा चट्याङ पर्दा घाईते भएकी सार्कीलाई उपचारको लागि मेडिकल बाहुनतिल्पुङमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरी उपरिक्षक केसीले वताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »