Powered by Blogger.
सिन्धुलीमा विद्युत कटौति गरिने

सिन्धुली,४ असोज– सिन्धुलीमा असोज ५ गते विहिबार विद्युत आपुर्ति बन्द हुने भएको छ । ढल्केबर सब स्टेशनदेखि सिन्धुली सम्मको ३३ केभि प्रशारण लाईनको विद्युत सप्लाई हुने सम्पुर्ण स्थानमा विद्युत आपुर्ति बन्द हुने प्राधिकरण शाखा सिन्धुलीले जनाएको छ ।


प्राधिकरणले सुचना जारी गर्दै सो क्षेत्रको लाईनको वरपर रहेका रुखका हाँगाविँगा, बाँस तथा बुटट्यानहरु कटान गरिने भएकाले विहिबार विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म विद्युत आपुर्ति बन्द हुने उल्लेख गरेको छ । 

यस्तै तोकिएको समयभन्दा अगाडी नै कार्य सम्पन्न भएमा अगाडि नै लाईन सुरु हुने बताएको छ ।

0 comments

Write Down Your Responses

second_add