शिक्षक हितको सातौ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित समय 11:55 PM

सिन्धुली,४ असोज –शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । आपसी सहयोग, सद्भाव र समझदारी, शिक्षक समुदायको हितका लागि शिक्षक सहकारी भन्ने नारा सहित साधारणसभा सम्पन्न भएको हो । 


संस्थाका अध्यक्ष पुरुषोतम पहाडीको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक  संगठन, केन्द्रिय समिति, सहकारी विभाग सदस्य टोम प्रसाद काफ्लेकोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रय सदस्य भवानी देवकोटा, नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य कमलजंग राई, एमाले जिल्ला अध्यक्ष प्रदिप कटुवाल, पूर्व सांसद मञ्चका महासचिव शंकरनाथ शर्मा, जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख शंकर बर्मा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, दुधौली नगरपालिकाका उपमेयर बाल कुमारी अधिकारी दनुवार लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था सिन्धुलीका अध्यक्ष पुरुषोत्तम पहाडीले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरे । साथै आगामी ५ बर्षमा १५ सय सदस्य बनाई दश करोड कुल पुँजी बनाउने, सहरकारी बैंकङ सेवा सञ्चालन गर्ने, शैक्षिक सामाग्रि सहितको प्रेस सञ्चालन गर्ने, अध्ययन अनुसन्धानकालागि छुट्टै कार्यालयको स्थापना गर्ने लगाएतका दीर्घकालीन योजनाहरु प्रस्तुत गरे ।

साथै शेयर पुँजी १० लाखमा बृद्धि गर्ने, वचत निक्षेप कम्तिमा ७० लाख बृद्धि गर्ने, शेयर लाभाशं र उपचार कोष कम्तिमा १५ प्रतिशत वितरण गर्ने लगाएतका प्रस्तावहरु पेश गर्नु भएको थियो । विपत व्यवस्थापन कोष र सो सम्बन्धि निति निर्माण, साधारण सभा तथा बैठक सञ्चालन सम्बन्धि कार्यविधिको निर्माण, वित्तिय अनुशासन र नियन्त्रण सम्बन्धि निति, लगाएतका निति निर्माण सम्बन्धि प्रस्तावहरु पेस गरे ।

सातौ बार्षिक साधारण सभामा कोषाध्यक्ष कृष्णहरि घिमिरे ३१ लाख १० हजार ५ सय रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरे । यस्तै आर्थिक वर्ष ७४÷ ७५ का लागि ३६ लाख ५८ हजार ६ सय रुपैयाँ बराबरको आर्थिक कार्य योजना प्रस्तुत गरिएको थियो । भने लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितीका संयोजक मेख बहादुर अधिकारीले प्रस्तुत गरे । 

यस्तै कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, असल बचत कर्ता र असल ऋणी सदस्यलाई सम्मान तथा पुरस्कार र सहकारी संस्थाका शेयर सदस्यका सन्तानलाई २०७३ सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ । 

यसैविच संस्थाले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव विजय थिड गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »