यस वर्ष ४ प्रतिशत धान उत्पादन वढ्ने

प्रकाशित समय 5:56 PM

करिब २५ प्रतिशत खेतियोग्य जमिनमा मात्र धान रोपाई

सिन्धुली,३ असोज – यस वर्ष सिन्धुलीमा गत वर्षको तुलनमा ४ प्रतिशत धान उत्पादन वढ्ने भएको छ । गत वर्ष ४६ हजार ६ सय ९६ मेट्रिटन धान उत्पादन भएकोमा यस वर्ष ४८ हजार ७ सय २ मेट्रिटन धान उत्पादन हुने कृषि विकास कार्यालयले आकलन गरेको छ । 


अनुदानमा उन्नत जातको धानको विउ विजन धेरै वितरण गरेको र समयानुकुल, मौसल अनुकुल भएको कारण धान उत्पादनमा वृद्धि हुने आकलन गरेको जिल्ला कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत तथा सुचना अधिकारी देवेन्द्र शाहले वताए । प्रधानमन्त्री आधुनिकीकरण परियोजना सञ्चालन भएकोले पनि उत्पादन क्षेत्रमा वृत्ति भएको र धान उत्पादनमा पनि वृद्धि हुने आकलन गरेको बालि संरक्षण अधिकृत शाहले वताए । सिन्धुलीको कमलाखोच क्षेत्र र मरिण क्षेत्रलाई धान पकेट क्षेत्र वनाई उत्पादन वृद्धिको लागि पहल गरिएको छ । 

प्रतिहेक्टर ३.१३ मेट्रिटन उत्पादन क्षमता भएको खेतियोग्य जमिन भएको र सिन्धुलीमा यस वर्ष १५ हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा धान बाली लगाईएको छ । सिन्धुलीमा धान उत्पादन हुने खेतियोग्य जमिन  ६२ हजार ७ सय १३ हेक्टर क्षेत्रफल  रहेको कृषि विकास कार्यालयले जनाएको छ । जम्मा खेतियोग्य जमिनको २४.८१ प्रतिशतमा मात्र धान बालि लगाईएको छ । 

सिचाईको अभाव र धान उत्पादनमा कम हुने क्षेत्रमा अन्य बालि लगाउने कारण धान वालि २४.८१ प्रतिशत जमिनमा मात्र धान बालि लगाउने गरेको बालि संरक्षण अधिकृत शाहले वताए । सिन्धुलीमा खेति योग्य जमिनिको २० प्रतिशत अथवा १२ हजार ९ सय २४ हेक्टर क्षेत्रफल बाझो नै रहेको छ । 

महाभारत क्षेत्रमा सिचाईको अत्याधिक समस्या रहेको छ । कमलाखोच क्षेत्र तथा मरिण क्षेत्रमा पनि खोला छेउमा सिचाई भए पनि माथिल्लो भागमा सिचाई अबाभ नै छ । कृषि आधुनिकरणका विभिन्न परियोजना आए पनि खेतियोग्य जमिनमा प्रयाप्त सिँचाई पु¥याउन सके खाध्यन्नमा आत्मनिर्भर हुने थियो । 

सिन्धुलीमा उत्पादन हुने सबै खाद्यन्नको हिसावले खाद्यन्नमा आत्मनिर्भर भए पनि चामल खाद्यन्नमा चामल मात्र प्रयोग गर्ने नेपालीको परम्पराको कारण परनिर्भरता नै रहिरहेको बालिसंरक्षण अधिकृत शाहले वताए । सिन्धुलीमा गहु, मकै, कोदो जस्ता खाद्यन्न बालि उत्पादन हुने गरेको छ तर गहु मकै कोदो मानिसले खाने भन्दा पनि पशुलाई खुवाउने चलन छ । 

धान ४८ हजार ७ सय २ मेट्रिकटन, मकै १४ हजार १ सय ५ मेक्ट्रिकटन, गहु ६ हजार ५ सय ७० मेक्ट्रिक टन र कोदो ९ हजार ३ सय ४० मेक्ट्रिक टन बार्षिक उत्पादन हुने गरेको जिल्ला कृषि विकासको तथ्याङकमा रहेको छ । यो उत्पादनले सिन्धुलीको जनसंख्यालाई दैनिक २ हजार २ सय ५० क्यालोरिको आधारमा विभाजन गर्दा सिन्धुलीको जनसंख्यालाई २२ प्रतिशत वढी हुन्छ । तर दैनिक सयौँ मेक्ट्रिक टन चामल भित्रिने गरेको छ ।

धान, मकै, गहुँ, कोदो सबै अन्न भए पनि चामल नै खाने नेपालीको चलनले गर्दा चामल आयात गर्नुपर्ने अवस्था रहेको कृषि विकास अधिकृत विष्टले जानकारी दिनु भयो । जनगणनामा सेना, प्रहरी, कर्मचारी र व्यापारिको गणना नहुने भएकोले पनि सिन्धुलीमा अन्न आयात गर्नु पर्ने अवस्था रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »