Powered by Blogger.
देउवालार्इ नैतिक संकट


काठमाडौं, ३ असोज– प्रधानमन्त्री शेरवहादुर देउवालाई मन्त्रिपरिषद्को विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगले आग्रह गरेको छ ।


आयोगले एक विज्ञप्ति जारी गर्दै असोज दुई गते राज्यमन्त्री थप गर्ने सरकारको निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने ठहर गरेको छ । 

विज्ञप्तिमा भनिएको छ,‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्डित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्ववमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको अवमूल्यन हुने र निर्वाचन आचारसंहिताको प्रतिकुलसमेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’

आयोगले यसअघि सरकारले मन्त्रिपरिषद् विस्तारको कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनम असर पर्नसक्ने हुँदा यस किसिमको कार्य नगर्न नगराउन सरकारलाई आग्रह गरेको थियो । तर, देउवा नेतृत्वको सरकारले सोमबार दुई जना राज्यमन्त्री थप गरेको थियो ।

0 comments

Write Down Your Responses

second_add