दशैँमा दुर्घट्नाको संभावना

प्रकाशित समय 1:25 AM



विगतका चाडपर्वहरुमा विपी राजमार्गमा दुर्घट्नाको संख्या बढ्दो थियो । दुर्घट्नालाई न्युनिकरण गर्न ट्राफिक कार्यालयले विभिन्न अभियान मार्फत सवारीचालक लाई सावधानि अपनाउन पहल नगरेको पनि होेइन । तर, दुर्घट्ना भइहाले घाइतेहरुलाई हस्पिटलसम्म पुर्‍याउन समस्या परेको विगतको घट्नाले देखाएको छ । तसर्थ, यसपालिको दशैँमा चाहिँ विपी राजमार्गमा सम्बन्धित निकायले स्ट्याण्ड बाई एम्बुलेन्स लगायत प्राथमिक उपचारको व्यवस्था ठाउँठाउँमा राख्न आवश्यक छ । दैनिक हजारौँको संख्यामा सवारीसाधन चल्ने राजमार्गमा तीव्र गति, सवारीचालकको लापर्वाही र सडकको दुर्अवस्थाले दुर्घट्ना हुने गरेको छ । यतिमात्र नभएर चाडपर्वमा राजधानी छोड्नेको संख्या उच्च हुने र सवारीसाधनको कमि हुने हुँदा पुनः खाली गाढी काठमाडौँ फर्कनुपर्ने र सवारीसाधन तिव्र गतिमा दौडने निश्चित छ । तसर्थ, यस्ता अनेकौँ समस्यालाई मध्यनजर गर्दै ट्राफिक कार्यालय र सम्बन्धित सबै निकायले दुर्घट्ना न्युनिकरणकालागि विशेष भुमिका निर्वाह गर्न जरुरी छ । 

विशेषगरि, चाडपर्वहरुमा सवारीसाधन दुर्घट्नामा पर्ने गरेको छ । विपी राजमार्गमा सवारीसाधनको चाप बढ्दो छ । सवारीसाधनको गति तिव्र हुने गरेको छ । यो समयमा सम्बन्धित निकायले टाईम कार्डको व्यवस्थालाई पनि कडा तरिकाले चेकजाँच गर्न ध्यान दिन आवश्यक छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »