Powered by Blogger.
दशै यात्रा जोखिमपुर्ण बन्दै

दशैको समयमा सडकलाई सुरक्षित वनाउने नाममा ठूलो रकम खर्च

सिन्धुली,२ असोज – सिन्धुलीका ग्रामिण क्षेत्रका यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । खाल्डाखुल्डी परेको ग्रामिण सडकमा पुराना गाडीहरु क्षमता भन्दा वढी यात्रु बोकेर यात्रा गर्नाले जोखिम वढेको हो । 



सिन्धुली सदरमुकामबाट ग्रामिण क्षेत्रमा चल्ने अधिकाँश यात्रुवाहक सवारी साधन जिर्ण अवस्थामा रहेको छ । सिन्धुलीमा सवारी साधनको अवस्था चेकजाँच गर्ने यन्त्र कुनै पनि निकायमा नहुदा यातायात व्यवसायीहरु कम खर्चमा नै वढी मुनाफा कमाउने दाउपेजमा यात्रुहरुलाई जोखिमपुर्ण यात्रा गराई रहेका छन् । चाडपर्वमा यात्रुको चाप वढ्ने र सडकको मर्मत नहुदा झनै वढी जोखिम हुने सर्वसाधरणहरु वताउछन् । गाडी र बाटो अवस्थाको कुनै लेखाजोखा नगरि सिट क्षमता भन्दा तेब्बर यात्रु बोकी सवारी आवातजावत गर्न थालेपछि यात्रा जोखिम बढेको हो । 

त्यो मात्रै नभएर राजमार्गकै यात्रा पनि जोखिम बढ्न थालेको यात्रुहरुले बताएका छन् । शनिबार यहाँको विपी राजमार्गस्थित भद्रकालीको ढुंग्रेभन्ज्याङमा रोकिएर राखिएका अधिकांश माइक्रोबसमा मुढामाथि यात्रा गर्ने यात्रु भेटिए । दशै नजिकिसँगै काठमाडौँबाट पुर्वी तराईका विभिन्न जिल्लामा जाने यात्रुहरुलाई मुढा माथि यात्रा गराइएको थियो । नियमानुसार सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने भएपनि चाडपर्वको समय भन्दै सवारीले त्यो नियम ठाडै उल्लघन गर्न थालेका छन् । त्यतिमात्र नभएर ग्रामिण क्षेत्रबाट आवातजावत गर्ने यात्रुको त यात्रा भगवान् भरोसा झै भएको देखिन्छ  । 

जिल्ला ट्राफिक प्रहरीले सवारीमाथि दैनिक कारवाही गरेको जनाएपनि यस्ता कार्य रोक्न पहल भने हुन सकेको छैन । साधुरो र कच्चि सडक अनि युवा ड्राइभरको भरमा जोखिमपुर्ण यात्रा गर्दा सिन्धुलीका ग्रामिण सडकमा भगवान् भरोसामा यात्रा हुने गरेको छ । 

‘बसको यात्रा भन्नुमात्र हो, चार्डपर्वको समयमा एउटा बसले दुइओटा बसले बोक्न नसक्ने यात्रु छत र भित्र कोचेर गुडेको छ, ओरालो उकालो दुबैमा झर्नुपर्छ’, ग्रामिण क्षेत्रबाट सदरमुकाम आएका भिमबहादुर वाईवाले भने,‘दशैमा यात्रा धेरै जोखिम छ । यातायात व्यवसायी संघले चार्डपर्वलाई मध्यनजर गरेर यात्रुबाहक बस ग्रामिण कमै पठाउछ । ग्रामिण रुटमा धेरै बस नचल्ने भएकाले साना सवारीले खचाखच यात्रु बोक्ने गरेका छन् । दैनिक चल्ने सवारीबाहेक अन्य सवारी नहुदा यात्रुहरु खचाखच गरि जोखिमपुर्ण यात्रा गर्छन् ।’ अन्य समयमा खासै आम्दानी नहुदा कमाउने समय नै चार्डपर्वलाई सम्झदा अधिकांश ग्रामिण सडकको यात्रा कहिलेसम्म टिक्ने यात्रुलाई सधै डर हुने गरेको छ । क्षेमता भन्द वढी यात्रु र यात्रुका लगेजका कारण यात्रुवाहक सवारी साधन हिड्नै नसक्ने अवस्थामा हिडि रहेका हुन्छन् ।  

बिपी राजमार्ग खुलेपछि सिन्धुलीका अधिकांश पहाडी क्षेत्रमा सवारी पुर्‍याउनका लागि कच्चि ट्याक ख्रोस्रिएको छ, ती ट्याकमा गुड्ने सवारीको हालत उहि छ । निजी साना जिपले खचाखच यात्रु बोकेर आवातजावत गर्दा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

चाडपर्वको समयमा यात्रालाई सुरक्षित गर्ने विषयमा सुरक्षा निकाय र व्यवसायिहरु वीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको छलफलमा व्यवसायीले क्षमता भन्दा वढी यात्रु नबोक्ने र ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गर्ने सहमति भएको छ । ग्रामिण क्षेत्रको यात्रालाई सुरक्षित गर्न व्यवसायी र प्रशासन विच छलफल गरेर सुरक्षा चेकजाचलाई कडाई गर्ने र व्यवसायीले क्षमता भन्दा वढी यात्रु नबोक्ने सहमति भएको जिल्ला प्रहरी कर्याालयका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले वताए ।  ‘अहिले २ नं. प्रदेशको निर्वाचनमा जनशक्ति खटिएको भए पनि भएका जनशक्ति परिचालन गरेर ट्राफिक चेकजाँचलाई कडाई गर्छु” प्रहरी उपरिक्षक केसीले भने । 

यता ग्रामिण क्षेत्रको सडकलाई दशैको समयमा सुरक्षित वनाउने नाममा ठूलो रकम खर्च हुदैछ । बजेट सक्न असार मसान्तमा निर्माण गरिएका सडकमा चाडपर्वमा सञ्चालन गर्ने नाममा ठूलो रकम खर्च गर्ने तयारीमा रहेका छन् । कमलामाई नगरपालिकाले सडक भएका नभएका सबै वडालाई ५०/५० हजार खर्च गर्न बोर्ड बैठकले निर्णय गरिसकेको छ । आश्यकता र योजना विना यसरी बजेट छुट्याईदा दुरुपयोग हुने सम्भावना ठूलो रहेको स्थानीय वताउछन् । 

0 comments

Write Down Your Responses

second_add