Powered by Blogger.
असोज ६ बाट स्वास्थ्य सुरक्षा विमा सुरु हुने

सिन्धुली,२ असोज – सामाजिक स्वास्थ्य सुरक्षा विमा सिन्धुलीमा असोज ६ बाट सुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विमाको लागि दर्ता सहयोगिको छनौट तथा अभिमुखिकरण गरेर तयारी अवस्थामा रहेका छन् ।

सिन्धुलीमा रहेका ९ ओटा स्थानीय तहका ७९ ओटा वडाहरुबाट जम्मा ९३ जना दर्ता सहयोगी छनौट गरि अभिमुखिकरण गरिएको दर्ता अधिकृत प्रकाश थपलियाले जानकारी दिए । प्रत्येक वडामा न्यूनतम एक जना र दुई हजार भन्दा वढी घरधुरी भएका वडामा थप एक जना दर्ता सहयोगी छनौट गरिएको दर्ता अधिकृत थपलियाले वताए । 

दर्ता सहयोगिको अभिमुखिकरण दुई चरणमा गरिएको थियो । सिन्धुलीमाढीमा विहिवार देखि शनिवार र शुक्रवार देखि आईतवार गरि दुई समुहमा अभिमुखिकरण सञ्चालन गरेको थपलियाले वताए । नेपाल सरकारले सबै नागरिकलाई स्वास्थ्यमा पहुच पुर्‍याउने उद्देश्यको साथ सञ्चालन गरेको सामुदायिक स्वस्थ्य विमा कार्यक्रम सिन्धुलीमा पनि लागु हेन भएको हो । 

५ जनाको सम्मका परिवारलाई प्रतिपरिवार २ हजार ५ सय बार्षिक विमा शुल्क लाग्ने र ५ जनाको सम्मका परिवारलाई प्रति व्यक्ति ४ सय २५ थप बार्षिक विमा शुल्क लाग्ने व्यवस्था रहेको सामाजिक स्वास्थ्य सुरक्ष विकास समितिका जिल्ला प्रवन्धक थपलियाले जानकारी दिए । ५ जना सम्मको परिवारलाई बार्षिक ५० हजार सम्म उपचार खर्च उपलब्ध गराउने र ५ जनाको सम्मका परिवारलाई थप १० हजार उपचार खर्च सामाजिक स्वस्थ्य सुरक्षा विकास समितिले उपलब्ध गराउने समेत थपलियाले वताए । नेपाल सरकारको निक्कै आकर्षक कार्यक्रमका रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम सिन्धुलीमा अव विधिवत सिन्धुलीमा लागु भएको समेत थपलियाले वताए । 

0 comments

Write Down Your Responses

second_add