चुडामणि शर्माको घरमा बम विस्फोट

प्रकाशित समय 7:25 PM
काठमाडौं,२ असोज  –  आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

बूढानीलकण्ठमा रहेको घरमा गएराति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले जानकारी दिए ।

घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको उनले बताए । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »