Powered by Blogger.
धनुषामा मतगणना जारी

महेन्द्रनगर, धनुषा, ३ असोज (रासस)- धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना गए रातिदेखि नै जारी छ । 


निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा रातिदेखि नै मतगणना जारी छ । 

पछिल्लो मतगणनाको मत परिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले ३१४, नेपाली काँग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, काँग्रेस १८१ र एमाले ८१, गणेशमान चारनाथमा नेकपा(माओवादी केन्द्र) १९४, समाजवादी फोरम १५८ र काँग्रेस १२० तथा हंसपुरमा समाजवादी फोरम २१७, एमाले १५१ र काँग्रेसको १३१ मत छ । 

यसैबीच गणेशमान चारनाथ– ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुँवर २०८ मत ल्याई समूहसहित विजयी भए । 

यता जनकपुर उपमहानगरपालिकामा पनि केही बेरमै मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले दिनुभयो । जनकपुरमा मतगणना शुरु गर्ने सम्बन्धमा आज बिहान प्रमुख दलका जिल्ला अध्यक्ष र प्रमुखका उम्मेदवारसँग सर्वदलीय बैठक बसेको थियो । 

0 comments

Write Down Your Responses

second_add