एमाले पहिलो शक्ति हुने नेता नेपालको दावी

प्रकाशित समय 5:47 AM
सिन्धुली,२ असोज– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर–२ मा पनि एमाले पहिलो शक्ति हुने बताएका छन । नेपाल २ न प्रदेशको चुनबमा भोट हाली काठमाडौ फर्कने क्रममा सोमवार  एमाले सिन्धुलीको  पार्टी कार्यालय मा आयोजित भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो बताएको हो ।


 पूर्व प्रधानमन्त्रि समेत रहेका नेता नेपालले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरे ।

उनले अन्य पार्टीले एमाले मधेश विरोधी पार्टी भन्दै भ्रम फैलाएको आरोप लगाए । यस्ता भ्रम चिर्न र जनतालाई विश्वास दिलाउन सम्पुर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । स्थानीय निर्वाचनमा भएका विभिन्न गतिविधिलाई पाठ सिक्दै आफ्ना उम्मेदवारलाई जिताउने गरि अभियान सञ्चालन गर्न उनको कार्यकर्तालाई निर्देशन रहेको छ ।

नेकपा एमालेको विजयीले मात्र देश परिर्वतन तथा सम्बृद्धि सम्भव भएको बताए । उनले विकास परिवर्तन हतार र सस्तो लोकप्रियतामा नहुने भन्दै अवको सम्बृद्धि एमालेको काधमा रहेको समेत बताए ।

उनले प्रदेश र संसदिय चुनावको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । नेकपा एमालेले जहिले पनि जनताको पक्षमा काम गर्ने पार्टी रहेको जिकिर गर्दै उनले विदेशि शक्तिसँग कहिले पनि नडगमगाउने बताऐ । 

नेता नेपालले सिन्धुलीको कमलामाई नगरपालिकाको विकासका लागि गुरुयोजना बनाएर काम गर्नु पर्नेमा जोड दिए । सिन्धुलीगढीको संरक्षण र प्रवद्धनका लागि सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने धारणा राखे । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »