Powered by Blogger.
मावि स्तरीय भलिबल प्रतियोगिता

सिन्धुली(खुर्कोट),२ असोज – जनजाति समाज विकास कार्यक्रम रतनचुराले प्लान इन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा ‘बालमैत्रि शासन, बालबालिकाको सम्मान’ भन्ने नाराका साथ मनाएको बाल दिवस २०७४ को अबसरमा मावि स्तरीय भलिवल प्रतियोगिता गरेको छ । 


जनजाति समाज विकास कार्यक्रमका अध्यक्ष गोविन्द बहादुर लुङगेलीको अध्यक्षता तथा गोलन्जोर ७, भिमेश्वरका वाडा अध्यक्ष श्री रोम बहादुर देवकोटा(सुवास)को प्रमुख अतिथिमा भएको कार्यक्रममा जनज्योति मावि खुर्कोटका दुई टिम भएर खेल खेलका थिए । 

प्रतियोगितामा प्रथम र दोश्रो हुने खेलाडीलाई पुरस्कार दिदै प्रमुख अथिति देवकोटाले १ वर्ष भित्र यस गोलन्जोर ७ खुर्कोटमा भलिबल, फुटवल तथा टेवलटेनिस खेल्नका लागि फिल्ड तयार गरिदिने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रम सञ्चालन सँस्थाका कार्यक्रम सँयोजक मिनबहादुर रायले गरेका थिए । 

0 comments

Write Down Your Responses

second_add