कमलामाईले नगर शिक्षा योजना कार्यन्वयन गर्ने

प्रकाशित समय 8:41 PM

बुद्ध नेपाली

सिन्धुली,१ असोज – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्र भित्रका माध्यमिक विद्यालयहरुको शिक्षा सुधारका लागि नगर शिक्षा योजना बनाएर कार्यन्वयन गर्ने भएको छ । 


शनिवार सिन्धुलीमाढीमा शैक्षिक गुणस्तर सुढृणीकरणका लागि नगर क्षेत्रका समस्या पहिचान र समाधान सम्बन्धि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरुको अन्तरक्रियामा कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले नगर क्षेत्रको माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तरका लागि नगरपरिषद्बाट नगर शिक्षा योजना बनाएर लागु गर्दै जाने प्रतिवद्धता जनाएका छन । 

कार्यक्रममा नगर क्षेत्रका विद्यालयहरुका शैक्षिक गुणस्तर सुढृणीकरणका लागि समस्या पहिचान र समाधान सम्बन्धि विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवं प्रधानाध्यापकहरु विच छलफल भएको छ । छलफलमा नगरक्षेत्रका २५ माध्यमिक विद्यालयहरुले राखेका शैक्षिक, भौतिक साधनस्रोतको व्यवस्थापन , नितिगत समस्याका बारेमा सिन्धुलीका शिक्षा विज्ञहरु कृष्ण प्रसाद ढकाल, फाल्गुनि शर्मा, अम्बरदिप देवकोटा, अर्जुन प्रसाद बरालले ती समस्या समाधानका लागि उपाय तथा सुझावहरु दिएका छन । सोही सझावलाई नगरपालिकाले नगरपरिषद्बाट नगर शिक्षा योजना बताउने कमलामाई नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कमलामाई नगरपालिकाका १४ वडाका वडा अध्यक्षहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक ,शिक्षा पे्रमि व्यक्तिहरुको सहभागिता रहेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »