Powered by Blogger.
रातमाटा रामेश्वरधाम व्यवस्थापन समितिको तेस्रो अधिवेशन सम्पन्न

सिन्धुली,१ असोज –  रातमाटा रामेश्वरधाम व्यवस्थापन समितिको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । 


समितिका अध्यक्ष बोधन बहादुर थापाको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उज्जवल थापाको प्रमुख आतिथ्यतमा अधिवेशन सम्पन्न भएको हो । 

आर्थिक वर्ष २०७३/०७४को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष नवराज कार्कीले आजिवन सदस्यता वितरण, सहयोग र संस्थाले संचालन गरेका सप्ताहबाट ६ लाख ५८ हजार ४ सय ९७ रुपैया ७९ पैसा आम्दानी गरेको जानकारी गराए । कोषाध्यक्ष कार्कीका अनुसार आम्दानी मध्य ३ लाख ७३ हजार ४ सय २१ रुपैया १२ पैसा खर्च भई २ लाख ८५ हजार बराबरको रकम संस्थागत बचत भएको छ । 

संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव गोकर्ण बहादुर थापाले प्रस्तुत गरे । 

यसैविच रातमाटा रामेश्वरधाम व्यवस्थापन समितिको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बोधन बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा लक्ष्मी थापा, उपाध्यक्षमा चन्द्र प्रसाद कोइराला, मन्जु बर्मा चयन भएका छन् । सचिवमा गोकर्ण बहादुर थापा, सहसचिवमा इन्द्र बहादुर थापा, कोषाध्यक्षमा नवराज कार्की र सहकोषाध्यक्षमा शिवजी कार्की चयन भएका छन् । 

0 comments

Write Down Your Responses

second_add