पूर्व क्याम्पस प्रमुख शारदामणी खड्काको श्रीमती सडक दुर्घटनामा मृत्यु

प्रकाशित समय 6:20 PM


सिन्धुली,१ असोज –सिन्धुली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शारदामणी खड्काको जीबन सङ्गिनि रीना बास्तोला खड्काको हिजो शनिवार विहान करिब ११ः३० बजेतिर सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

ज ७ व ११७४ नम्बरको स्कूटरमा सवार खड्कालाई दुर्घटना भएको लगत्तै लालबन्दी मोडल हस्पिटल पुर्‍याउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

इप्रका लालबन्दीका सई फणिकान्त सिलवालका अनुसार रीना आफ्नै स्कुटरमा सिन्धुलीबाट लालबन्दी जादै गर्दा इश्वरपुर नपाको बाँके जंगलमा दुर्घटनामा परेकी थिइन् । एक्लै सवार रीनाको स्कूटरको लेगार्ड करीव २–३ मिटर सडकमा घिस्रिएको देखिन्छ ।

मृतकको टाउकोको पछिल्लो भागमा चोट लागेर अत्याधिक रक्त बहाब हुनुको साथै दुबै कानबाट पनि रगत आएको मोडल हस्पिटलका डाक्टरको भनाई रहेको छ।


त्यो घटना लगत्तै पूर्व पश्चिम राजमार्गमा गुडेका सबै सवारी साधनलाई प्रहरीले रोकेर चेकजाँच गर्दा स्कूटरलाई ठक्कर दिएको कुनै संकेत नदेखिएको इप्रका लालबन्दीले जनाएको छ ।त्यसैले स्कुटर अनियन्त्रित भएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेपनी घटनाको बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »