Powered by Blogger.
वहिरा विद्यार्थीहरुलाई सकेको सहयोग गर्छु : खत्री


सिन्धुली,१ असोज – सिन्धुलीको कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले सिन्धुलीका वहिरा विद्यार्थीहरुलाई नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका  छन । 


शनिवार सिन्धुली बहिरा संघको १५ औं वार्षिक साधारण सभामा बोल्दै प्रमुख खत्रीले बहिरा विद्यार्थीहरुका लागि नेपाली सांकेतिक भाषाको दोभासे राख्ने प्रतिवद्धता ब्यक्त गरेको हो । 

कार्यक्रममा गैर सरकारी महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहालले वहिराहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने धारण राखे । 

श्री नवज्योति वहिरा निम्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विशम्वर लामिछानेले माध्यमिक तह सम्म कक्षा संचालन गर्ने तयारी भएको बताए । अहिले सिन्धुलीको कमलामाई नगरपालिका ६ जसेदमारमा सिन्धुली बहिरा संघद्धारा श्री नवज्योति वहिरा निम्न माध्यमिक विद्यालय संचालन भइरहेको छ । विद्यालयमा सिन्धुली सहित नेपालका ११ जिल्लाका करिव एक सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिहेको विद्यालयले जनाएको छ । 

जिल्लामा वहिराहरुका लागि उच्च तहका विद्यालय नभएकाले उच्च शिक्षाका लागि सिन्धुलीका बहिरा विद्यार्थीहरु बाग्लुङ, पोखरा, गोरखा, लगाएतका ठाउमा गएर पढ्नु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । 

सिन्धुली वहिरा संघका अध्यक्ष ठगेन्द्र राज बख्रेलको अध्यक्षतामा भएको साधारण सभामा संघका अध्यक्ष बख्रेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । संघको आर्थिक २०७३/०७४ को आर्थिक प्रतिवेदन सचिव विजय तामाङले प्रस्तुत गरे । तामाङले १५ लाख ७२ हजार ९ सय २६ रुपैया ४८ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका हुन । 

0 comments

Write Down Your Responses

second_add