Powered by Blogger.
शनिवारे बजारमा चार गुणा वढी खसी, बोका भित्रीए

सिन्धुली,१ असोज – नजिकिदै गरेको हिन्दुहरुको चाड दशैलाई लक्ष्यत गरी सिन्धुलीमाढी शनिवारे बजारमा पहिलेको भन्दा चार गुणा वढी खसी बोका भित्रीएको छ । शनिवारे हाटमा दशै खर्च जोहो गर्न ग्रामिण क्षेत्रका कृषकले खसी बोका विक्रि गर्न ल्याएका हुन् । 


बजारमा सधाको दशैमा भन्दा यस वर्ष सस्तो खसीबोका विक्रि भएको थियो । ग्रामिण क्षेत्रबाट खसी बोका धेरै सदरमुकाम झारिएको कारण खसीको मुल्य घटेको व्यापारिहरुले वताए । मुल्य नपाएका कारण धेरै कृषकले खसी बोका फिर्ता लगेका थिए । दशैको शनिवारे हाट अर्को पनि आउने भएकाले अर्को शनिवारे हाटमा पनि खसी बोकाको कारोवार हुने भएका कारण पनि कृषकले खसी बोका फिर्ता लगेका हुन् । 

कृषकले कम मुल्यमा विक्री गरे पनि विचौलियाले महगो मुल्यमा उपभोक्तालाई विक्रि गर्ने प्रचलनका कारण उपभोक्ता ठगिने गरेका छन् । सिन्धुलीमा कृषकले बजार सम्म लगेर उपभोक्तालाई सहजै विक्री वितरण गर्ने प्रचलन कमै मात्रामा छ । कृषकबाट कम मुल्यमा ल्याउने र उपभोक्तालाई महगोमा विक्रि गर्ने विचौलियाका कारण कृषक र उपभोक्ता दुवै ढगिएका छन् । 

0 comments

Write Down Your Responses

second_add