Powered by Blogger.
रेडक्रसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

बिबेक बस्नेत, 

सिन्धुली,१ असोज – ‘हाम्रो फोहोर, हाम्रो जिम्मेवारी यसपाली फोहोर छुट्याउँछौं हामी !!’भन्ने मूल नाराका साथमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा ५ औं राष्ट्रव्यापी सरसफाई दिवश–२०१७ को अवसरमा शनिवार सामुदायिक आँखा उपचार केन्द्रको परिसर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । 


नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठको नेतृत्वमा गरीएको सरसफाई कार्यक्रममा वरिष्ठ समाजसेवी रामबहादुर हायु लगायत नेरेसो सिन्धुलीका कर्मचारीहरु तथा रेडक्रस स्वयंसेवकहरुको उपस्थिती रहेको थियो । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा २३ जिल्लामा एकैसाथ सरसफाइ सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरि मनाइएको हो । सरसफाइ कार्यक्रममा उपस्थित सम्पूर्ण कर्मचारी एवम् स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले विश्वभर यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो शनिवारका दिनविश्व सरसफाइ दिवस मनाइने जानकारी दिए ।

यसैबिच जिल्ला युवा संञ्जाल सिन्धुलीले शनिवार सिन्धुलीका विभिन्न ठाउमा सरसफाई गरेको छ । जिल्ला युवा संञ्जाल सिन्धुलीले महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको सरसफाई कार्यक्रम अन्र्तगत सिन्धुलीको जिल्ला ट्राफिक प्रहरी कार्यालय वरिपरी हुदै शिवनगरचोक सम्म सरसफाई गरेको हो । 

जिल्ला युवा संञ्जाल सिन्धुलीका अध्यक्ष रामकाजी घलानको संयोजकत्वमा ९० जना युवाहरुले उक्त ठाउको सरसफाइ गरेका हुन । सफा र स्वच्छ सिन्धुली बनाउने उदश्यले महिनाको अन्तिम शनिवार सरसफाई कार्यक्रम संचालन गरिएको जिल्ला युवा संञ्जाल सिन्धुलीका अध्यक्ष घलानले बताए ।


0 comments

Write Down Your Responses

second_add