Powered by Blogger.
पाँच सय भन्दा वढी संस्था खारेज

सिन्धुली,३१ भदौ – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ५ सय २८ संस्था खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालयमा हाल सम्म दर्ता भएका १ हजार ५१ ओटा संस्था मध्य ५ सय २८ ओटा संस्था खारेज भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


आर्थिक वर्ष ०७४/०७५ को सुरुवाती महिना साउनमा मात्र ८२ ओटा संस्था खारेज भएको कार्यवाह प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले वताए । संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका तर पाँच वर्ष सम्म पनि नविकरण नगरेर निस्कृय रहेका संस्थाहरु प्रत्यक वर्षको सुरुवातमा खारेज गर्ने गरेको कार्यवाह प्रमुख जिल्ला अधिकारी खतिवडाले वताए । 

संस्था दर्ता गर्ने तर निश्चित अवधि पछि निस्कृय रहने कारण संस्थाहरु धेरै देखिए पनि समाज कुनै काम नभएकोले निस्कृय संस्था खारेज गरिएको हो । अब सिन्धुलीमा ५ सय २३ ओटा संस्था मात्र कायम रहेका छन् । खारेजमा पर्ने संस्थाहरु मध्य अधिकाँश ग्रमिण क्षेत्रका संस्था रहेका छन् । 

बहुवर्षिय परियोजना उपभोक्ता समिति मार्फत गर्न संस्था दर्ता गर्नु पर्ने भएकोले परियोजना अवधिभर सञ्चालन हुने र परियोजना सम्पन्न भए पश्चात संस्था निस्कृय रहने गरेका छन् । निस्कृय संस्था जिल्ला प्रशासन कार्यालयबाट खारेज हुने प्रवधान भए पनि ती संस्थाले प्यान लिएका छन् भने खारेज हुदैन । प्यानमा दर्ता भएका संस्थाले अनिवार्य राजस्व दाखिला गरे पश्चात मात्र खारेज हुने व्यवस्था छ । 

0 comments

Write Down Your Responses

second_add