Powered by Blogger.
भगवानको अवतारमा देखिएको मान्छे !

अभिषेक थापा मगर
कसैले नदेखेको दैवलाई पुज्नेको कमि छैन यो विश्वमा । देख्दै नदेखेको भग्वानप्रतिको आस्था उच्च छ । आस्थाकैलागि मान्छेले जस्तो सुकै कदम पनि चाल्ने गर्दछ । भग्वानको खोजि गर्न गाह्रो छ । तर, भगवानको अवतारमा मैले मान्छे देखेको छु । मैले मात्र होइन मेरो जिल्लावासीले त्यो मान्छेको कामलाई देखेको छ । जिल्लामा जस्तोसुकै पिडा पर्दापनि सधैँ दृढ बनेर दिनदुखि, गरिब, पीडित, बुढाबुढि र युवाहरुलाई सहयोग गर्ने ती भगवानको अवतारमा देखिएका मान्छे हुन्, उज्जवल विक्रम थापा । जिउँडाल अग्लो, ठुलो आँखा, प्राय कुर्तामा हिँड्ने र पीडितले भगवानको उपनाम दिने, समाजसेवक थापाको परिचय हो । जिल्लामा कसैको घर जल्दा उनको मन जल्ने गर्दछ । प्राकृतिक प्रकोपले जिल्लावासीलाई पिरोल्दा उनको मन नमिठो तरिकाले पिरो भएर आउँदो रहेछ । अनि त उनी जिल्लामा पिडा पर्दा आफू जिल्ला बाहिर हुँदा पनि सहयोगको अपिल गर्दै सहकार्य गर्न फेसबुकमा आह्वान गर्छन् । जतिसक्दो चाँडो आफ्नो गृह जिल्ला सिन्धुली पुग्न खोज्छन् । म उनमा डा. गोविन्द केसीको रुप देख्छु । जसरी डा. केसी आफ्ना विद्यार्थीहरुलाई लिएर संवेदनशिल क्षेत्रहरुमा औषधिको भारी बोकेर पुग्छन् । उनी पनि त्यसरी नै जस्तापाता, भाँडाकुडा, काँटी बोकेर कुदि हाल्छन् आफ्नो गृह जिल्ला सिन्धुली जिल्लामा । न त उनमा कुनै स्वार्थ छ न त कुनै लोभ । अनि त जिल्लावासीले उनलाई भगवानको अवतारमा देख्ने गर्दछन् । 

समाजसेवक उज्जवल विक्रम थापा जनताको पिडा सुन्दै

भुकम्पमा करोडौँको राहत, अग्निपिडितलाई सहयोग, युवाहरुकालागि खेलकुद प्रतियोगिता र यस्तै दर्जनौँ समाजसेवामा लागेका थापाको जति गुनगान गरेपनि कमि हुन्छ । मेरा शब्दहरुले उनको कामको प्रशंसा गर्न सक्दैन । किनभने, जिल्लामा उनले जसरी निस्वार्थ सेवा गरिरहेका छन्, त्यो सायदै कसैले गर्न सक्छ । धनहुनेसँग मन हुदैँन र मन हुनेसँग धन हुदैँन । अनि आफूले आफैँलाई समाजसेवक हुँ भन्दै हिँड्नेहरुकालागि थापा जस्ता व्यक्तिहरु टाउको दुखाईको विषय बन्ने गर्दछन् । जिल्लामा रहेका नेताहरुकालागि उनी अहिले टाउको दुखाईको विषय बनेका छन् । कुनै स्वार्थ नबोकि जिल्लावासीहरुलाई एकल प्रयासमा उनले गरेको सहयोग अतुलनिय छ । थापा त्यस्ता कथित समाजसेवक र जिल्लाका नेताहरुकालागि एउटा प्रेरणा बनेका छन् । उनीहरुले थापाबाट धेरै कुरा सिक्न आवश्यक छ । स्वार्थकालागि जिल्लावासीहरुलाई झुक्याउँदै, छल्दै हिँड्ने नेताहरुले उनीबाट धेरै पाठ सिक्नुपर्छ । 

हालैमा मात्र पनि उनले आफ्नो स्वर्गिय पिता मोहन विक्रम थापाको स्मृतिमा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न गराएर युवाहरुलाई थप आश देखाएका छन् । जिल्लामा बेरोजगार युवाहरुको कमि छैन । धेरै युवाहरु लागुऔषधको शिकार बनेका छन् । न रोजगार छ न त कुनै ठाउँमा अल्झिने बाटो नै । यस्तो अवस्थामा थापाले ठुलो धन राशि राखेर सम्पन्न गराएको कराते प्रतियोगिताबाट युवाहरु प्रोत्साहन भएका छन् । उनले दशै तिहारको उपलक्ष्यमा मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको समाचार हेर्दा साह्रै खुशी लागेको छ । आगामी दिनमा खेलकुद प्रतियोगिताको मार्फत युवाहरुलाई खेलमा केन्द्रित गर्ने उनको अभियानले सफलता पाउनेनै छ । किनभने उनी भगवानको अवतारमा जनतालाई सहयोग गर्ने व्यक्ति हुन् । 

उनीसँगको भेटमा उनले गरेका मार्मिक कुराहरु अहिले पनि मेरो मान्सपटलमा आउने गर्दछ । जिल्लाको विकासमा उनले देखाएको चासो सायदै जिल्लाका सबै शिर्ष दलका नेताहरुमा हुँदो हो त जिल्लालाई समृद्ध बनाउन कति नै समय लाग्थ्यो र भन्ने प्रश्न पनि उब्जने गर्दछ । युवाहरुलाई चुनावको बेलामात्र प्रयोग गर्ने नेताहरुले उनीहरुको भविष्यप्रति चासो नदेखाएको देख्दा उनलाई वाक्क लाग्ने गर्दछ । विपी राजमार्गमा दिनहुँ जसो हुने दुर्घट्नाले उनलाई पिरोल्ने गर्दछ तर अरु सरोकारवाला निकायलाई यो समस्याले घोच्दैन । जिल्लाको समस्या ज्युको त्युँ भएको देख्दा उनी आक्रोशित पनि हुन्छन् । तर, उनी आजीत भएर हार्ने मान्छे भने होइनन् । जिल्लाको विकासमा सधैँ लाग्ने उनी एउटा सच्चा निस्वार्थ भावना भएका समाजसेवक हुन् । 

अन्तमा, समाजसेवक उज्जवल विक्रम थापालाई काम गर्न अरु निकायले अवरोध सिर्जना गर्ने भन्दा पनि हातमा हात मिलाएर अघि बढ्न अनुरोध गर्दछु । समाजसेवक उज्जवल विक्रम थापाले जिल्लावासीलाई देखाएको मायाप्रति सबै जिल्लावासीको प्रतिनिधित्व गर्दै म धन्यवाद दिन चाहान्छु ।

0 comments

Write Down Your Responses

second_add