सम्पत्ति शुद्धीकरण

प्रकाशित समय 7:43 PM

काठमाडौँ, ३१ भदौ – तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ । 

यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयको अन्तक्र्रियामा सम्पत्ति शुद्धीकरण विभाग तथा नेपाल राष्ट्र बैंकका अधिकारीले दिएको हो । 

उनिहरुका अनुसार अवैध रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रचलन विश्वव्यापी रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन विश्वका धेरै मुलुकले सम्पत्ति शुद्धीकरणको कानून बनाई लागू गरेका छन् । 

ती अधिकारीका अनुसार कुनै व्यक्तिलाई आफ्नो खातामा नगद जम्मा गर्न कुनै समस्या छैन, अर्काको खातामा नगद जम्मा गर्नुप¥यो भने परिचयपत्र देखाउनुपर्छ । यो नियन्त्रित प्रणालीले गलत तत्व निरुत्साहित हुन्छ । 

सन् २०११ मा संयुक्त राष्ट्र संघले गरेको एक अध्ययनमा विश्वको कूल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रकम बराबरको कालो धन रहेको छ । हाल विश्वमा वार्षिक ३०० अर्ब बराबरको मुद्रा अपचलन हुन्छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेका अनुसार भ्रष्टाचार, करछली, लागुऔषध, मानव तस्करी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरणजस्ता ३२ अपराध सम्पत्ति शुद्धीकरणभित्र पर्छ । उनले यसरी अकूत सम्पत्ति आर्जन गरी कमाएको पैसा बैंक, घरजग्गा, क्यासिनो, बहुमूल्य धातु खरिदमा प्रयोग गर्ने गरिएको बताए । 

नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर वज्राचार्यले सरकारले सुनचाँदी व्यवसायमा पनि केवाइसी लागू गर्न लागेको कुरा सकारात्मक भएको बताए । उनलेसंघअन्तर्गत २० हजार व्यवसायी रहेको र आफूकहाँ सुन खरिद गर्न आउने ग्राहकको पहिचान गर्न कठिन रहेको बताए । 

नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले नेपालमा विसं २०६४ भन्दा अघिसम्म सम्पत्ति शुद्धीकरणको कानून नभएको बताउनुभयो ।उनले सन् २००८ मा नेपालमा शुरु भएको सम्पत्ति शुद्धीकरण कानून विश्वमा १९२० देखि नै महत्वपूर्ण कानूनका रुपमा लागू भइसकेको र यसको कारण स्विट्जरल्याण्डजस्ता मुलुक विकास भएको बताए । 

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले गलत ढंगले पैसा कमाउने र लुकाउने प्रवृत्ति बढेको छ भन्दै कानूनको घेराभित्र ल्याएर गलत काम गर्नेलाई दण्ड दिनुपर्ने बताए। रासस 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »