Powered by Blogger.
नयाँ शक्तिद्वारा जिल्ला प्रशासनमा धर्ना


सिन्धुली,३१ भदौ – नयाँ शक्ति पार्टी नेपाल सिन्धुलीले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिएका छन् । प्रत्यक्ष कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपाली युवाहरुको मताधिकार ग्यारेन्टीको माग गर्दै धर्ना वसेका हुन् ।

संसदबाट निर्वाचित कार्यकारी हुदा पटक पटक सरकार गिराउने र वनाउने खेल भएको भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था गर्न माग गरेका हुन् । नेपालको संविधान २०७३ मा संसदको बहुमतबाट निर्वाचित राष्ट्रपति सरोमोनियल र संसरबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था रहेको छ । 

संसदबाट बहुमतबाट चुनिएको कार्यकारी प्रधानमन्त्री हुँदा पटक पटक सरकार फेलवदल भई रहँदा राजनीतिक तरलता कायम रहने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरिएको नयाँ शक्ति पार्टी नेपाल सिन्धुलीका सहसंयोजक सुरजबहादुर स्याङतान(वृहत)ले वताए । जिल्ला प्रशासन कार्यालय २ नंम्बर प्रदेश वहायका सबै जिल्लामा दुई घण्टा धर्ना कार्यक्रम रहेको सहसंयोजक स्याङतानले वताए । 

वैदेशीक राजगारीको सिलसिलामा करिब ४० लाख युवा विदेशीएकोले सबैको मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन समेत माग गरेको छ । नेपाली भएर पनि रोजगारीका लागि बाहिर गएका नेपालीलाई जाहाँ रहेका छन् त्यहीबाट भोट हाल्ने व्यवस्था गर्न सरकार समक्ष माग राख्दै दवाव दिन जिल्ला प्रशासन कार्यालय घेराउ गरेका सहसंयोजक स्याङतानले वताए । 

धर्ना पछि कोष सभालाई नयाँ शक्ति नेपाल सिन्धुलीका सहसंयोजक सरोज पुलामी मगरेले सम्बोधन गरेका थिए । कोष सभालाई सम्बोधन गर्दै सहसंयोजक पुलामीले नयाँ शक्तिले सिन्धुलीमा स्थानीय जनप्रतिनिधिहरुको निगरानीको लागि छाँया सरकार वनाउने वताए । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार छायाँ सरकार निर्माण गर्न लागिएको सहसंयोजक पुलामीले वताए । 

0 comments

Write Down Your Responses

second_add