Powered by Blogger.
पहाडका सवै नदी तथा खोलाहरु व्यवस्थित गर्नु पर्ने :सिंचाई राज्य मन्त्री पुन

बुद्ध नेपाली 
सिन्धुली,३१ भदौ – सिंचाई राज्य मन्त्री अमरसिङ पुनले तराईको भुभाग जोगाउन पहाडका ठुला साना सवै नदी तथा खोलाहरु व्यवस्थित गर्नु पर्ने आवश्यकता रहेको बताएका छन ।


शुक्रबार नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सिन्धुलीमा नेता कार्यकर्तासंग भेटघाट गर्दै मन्त्री पुनले नेपालको अन्नको भण्डारको रुपमा रहको तराईलाई मरुभुमि हुनबाट जोगान पहाडका साना ठुला नदी तथा खोलाहरु नियन्त्रण र व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सिन्धुलीका कमला, चदा र मरिण जस्ता ठुला खोलाहरुले धेरै क्षति गरेको भन्दै यसको नियन्त्रण गर्न सिक ड्याम तथा हाई ड्याम बनाएर नियन्त्रण नगरे तराई १५/२० वर्ष पछि नभेटिने अवस्थामा पुग्ने मन्त्री पुनले बताए । 

मन्त्री पुनले  तराईलाई बचाउका लागि पहाडी भागमा तत्काल ड्याम लगाउने,बृक्ष रोपण गर्ने र चुरे दोहनलाई रोक्नु पर्ने बताए । आफुले गरेको भ्रमणबारे नेपाल सरकार तथा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने पनि मन्त्री पुनले बताए ।

बर्षेनि नदी खोलाले उब्जाउ हुने जमिन र मानव बस्तीहरु कटान गर्दा देश भयावह हुने भन्दै सिन्धुली सहित देश कै बचाउमा लाग्नु गर्नु पर्ने बताए । मन्त्री पुनले सिन्धुलीका राजनिति दल तथा सरोकारवालाहरु मिलेर सवैलाई फलदायी हुने सिंचाइ आयोजनाहरुको योजना बनाएर अगाडि बडे त्यसलाई मदत गर्ने बताए । उनले जति दिन हामी मन्त्रालयमा रहन्छौ जनताका लागि जसरी फाइदा हुन्छ त्यसरी नै लाग्ने बताए । 

0 comments

Write Down Your Responses

second_add