नयाँ संचालक समिति चयन

प्रकाशित समय 4:58 PM
सिन्धुली,३१ भदौ –जिल्लाको मिलिजुलि बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।


शुक्रवार सिन्धुलीमाढीमा आयोजना गरिएको संस्थाको १५ औं वार्षिक साधारण सभाले फेरि पनि बाल कुमारी श्रेष्ठको अध्यक्षतमा ९ सदस्यीय संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्ञानु दाहाल, सचिवमा उज्वल ढकाल,कोषाध्यक्षमा सावित्रा खड्का चयन भएका छन । 

समितीको लेखा समितिमा शेखर मिश्रको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएका मिलिजुलि बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । 

संस्थाकी अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७३/७४ को कुल १३ करोड बराबरको आयव्यय प्रस्तुत गरिएको छ । कार्यक्रममा असल मासिक बचत कर्तामा ५ जनालाई,दैनिक बचतमा ५ जनालाई असल ऋणी सदस्यमा ५ जनालाई सम्मान गरिएको छ ।

त्यस्तै जेहेन्दार छात्रबृत्तिमा ३ जनालाई सम्मान गरिएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १५ प्रतिशतले शेयरको बोनस दिने निर्णय गरेको संस्थाका कोषाध्यक्ष उज्जवल ढकालले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »