नेपाल मलेसियाविरुद्धको खेलमा १० विकेटले विजयी

प्रकाशित समय 12:05 AM

काठमाडौं, ३१ भदौ– १९ वर्ष मुनिको एसीसी इस्टर्न रिजन क्रिकेट एसीसी एसिया कप छनौट प्रतियोगितामा नेपाल मलेसियासँग १० विकेटले विजयी भएको छ । 


मलेसियाले दिएको १२२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले एउटा पनि विकेट नगुमाइ २३ ओभरमा लक्ष्य पूरा गरेको हो । 

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा समेटेको थियो । 

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए । 

यो खेलसँगै नेपाल प्रतियोगिताको उपाधिका लागि अब सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »