Powered by Blogger.
सिन्धुलीमा सुरक्षित घरबास सम्बन्धी जनचेतनामूलक कार्यक्रम सुरुवात

रमा कार्की 
सिन्धुली,३१ भदौ  – सिन्धुली जिल्लामा सुरक्षित घरबास सम्बन्धी जनचेतनामूलक कार्यक्रमको सुरुवात भएको छ । स्वीसकन्ट्याकको स्किल्स फर सेफ रिकन्स्ट्रक्सन प्रोजेक्ट-SSRP को आर्थिक सहयोगमा मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युट र अल थ्री मिडिया घरको साझेदारीमा यो कार्यक्रम सन्चालन गरिएको हो ।  


सिन्धुली जिल्लाका भूकम्प प्रभावित घरधनीहरुको सुरक्षित पुनर्निमाणको विषयमा चेतना स्तर बृद्धि गर्नुका साथै क्षमात अभिवृद्धि गर्नका लागि यो कार्यक्रम यस जिल्लामा सुरु गरिएको स्वीस कन्ट्याक सिन्धुलीका कार्यक्रम संयोजक गीता लिम्बुले जानकारी दिइन । 

सिन्धुली जिल्लाका भूकम्प प्रभावित घरधनीलाई प्रत्येक्ष भेटघाट गरी तथा विभिन्न आम सन्चारका माध्यमहरु मार्फत सुरक्षित घर निर्माण गर्न चेतना र क्षमता अभिवृद्धि गराउने साथै निजी आवास पुनर्निमाणको क्रममा यी घरधनीहरुले प्राप्त गरेको जानकारी, चेतना, क्षमताको प्रयोग गरी सरकारी अनुदान तथा प्राविधिकहरुको सहयोगमा तालिम प्राप्त डकर्मीहरु मार्फत आफ्ना घरहरु बलियो र सुरक्षित बनाउन सकुन भन्ने  कार्यक्रमको  उद्धेश्य रहेको मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक रोमेल जे पुनले बताए  । 

कार्यक्रम सुरुवातकै चरण सिन्धुलीका पत्रकारहरु अन्तरक्रियात्मक कार्यक्रमको अयोजना गरी यस कार्यक्रमको बारेमा पत्रकारहरुलाई जानकारी गराइएको छ ।  यो कार्यक्रम सिन्धुली जिल्लामा सन्चालन भईरहेको स्किल्स फर सेफ रिकन्स्ट्रक्सन प्रोजेक्ट कार्यक्रम -SSRPमार्फत २०७२ बैशाख १२ मा गएको भूकम्पले बढी क्षति पुर्याएका स्थानहरु कमलामाई नगरपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकालाई लक्षित गरी कार्यक्रम सन्चालन गरिने पनि कार्यकारी निर्देशक  पुनले जानकारी गराए   । 

 अन्तरक्रिया कार्यक्रममै सुरक्षित घरबास कार्यक्रम अन्र्तगत सिन्धुली जिल्लामा अब ६ महिना सम्म सन्चालन गरिने कार्यक्रमहरु जस्तैः घरदैलो कार्यक्रम, सडक नाटक, विभिन्न स्थानमा अभिमुखिकरण गोष्ठी सन्चालन, टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम, विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम , सार्वजनिक स्थानमा पेस्टर, पम्प्लेट तथा होर्डिङ बोर्ड राख्ने, सामुहिक भेलामा भूकम्पीय जोखिम न्युनीकरणमा आधारित भएर वृत्तचित्र प्रदर्शनी तथा अभिमुखिकरण कार्यक्रमहरु रहेको अल थ्री मिडिया घरका कार्यकारी निर्देशक सुनिल कोइरालाले जानकारी गराए । 

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले विभिन्न खालका जिज्ञासा राख्दै यस्ता कार्यक्रमहरु जिल्लामा सन्चालन गर्दा स्थानीय मिडियाहरुसँग पनि समन्वय गरेर काम गर्दा अझ सहज हुने बताएका थिए । पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै अल थ्री मिडियाका कार्यकारी निर्देशक कोइरालाले आफुहरुले कार्यक्रम डिजाइन मै स्थानीय मिडिया सँग समन्वय गरेर काम गर्ने यस कार्यक्रमको ढाँचा तयार गरेको त्यो अनुरुप आफुहरु काम गर्न ईच्छुक रहेको बताए ।                                                             

0 comments

Write Down Your Responses

second_add